प्राचीन ग्रीक दार्शनिक एरिस्टोटलले आफ्नो पुस्तक राजनीति ९इसा पूर्व चौथो शताव्दी० मा मानिसका बारेमा कुरा गर्दा मानिस एक राजनीतिक प्राणी होू भनेर प्रशंसा गर्दछन् । जीवन, समाज, संस्कृति र सम्पूर्ण ब्रह्माण्डको बारेमा उच्च चेतना भएकाले मानिस निश्चय नै राजनीतिक प्राणी हो। राजनीति सबैलाई शासन गर्ने दर्शन भएकाले राजनीतिबाट मानिस टाढा रहन सम्भव छैन । यस पृथ्वीमा मानव जीवन र सभ्यताको सुरूवात देखी वा स्वर्गमा ईश्वरको समयदेखि नै राजनीतिले सबै प्रणाली, संरचना र संयन्त्रहरूको स्थापना गरेको छ । राजनीतिले सबैलाई शासन गर्नुपर्छ र यसले मानव र देवता दुवैको समयलाई शासन गरेको छ भन्नु गलत होइन। इतिहास र सभ्यताको अध्ययनबाट केही पनि (कुनै पनि क्षेत्र) राजनीतिबाट अछुतो छैन भन्ने तथ्य व्यक्त गर्न सकिन्छ । विश्वका विकसित र अविकसित दुवै समाजलाई समीक्षात्मक रूपमा हेर्दा हामीले स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, बजार, समाज, संस्कृति, विचार आदि सबै राजनीतिबाट उन्नत वा प्रभावित भएको अनुमान गर्न सकिन्छ । राज्य सञ्चालन गर्न बनाइएका सबै नीति, कानून र रणनीतिहरू राजनीतिक विचारधारा र संरचना द्वारा नियन्त्रित र निर्देशित हुन्छन्। कुनै समयमा कतिपय ठाउँमा यसले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । तर, अन्य समयमा अन्य ठाउमा यसले समाजलाइ नराम्रो सँग असर पारेको छ । त्यसैले राजनीति वरदान र अभिशाप दुवै हुन सक्छ ।
नेपाल र नेपाली समाजको सन्दर्भमा राजनीति वरदान र अभिशाप दुवै भएको छ । विसं २०६२ सालको लोकतान्त्रिक आन्दोलन, विसं २०४६ सालको बहुदलीय प्रजातन्त्रिक आन्दोलन, विसं २०५२ सालको जनयुद्ध र विसं २०६२–६३ सालको जनआन्दोलन जस्ता राज्य संरचना र व्यवस्था परिवर्तनका आन्दोलनमा राजनीतिक भुमरी र आँधीबेहरी राजनितीक र बैचारीक उन्नतिका लागी बरदान सावित भएका छन् । त्यस्ता आन्दोलनहरूमा राजनीतिले साँच्चै आम जनतामा चेतनाको विकास गर्न र अधिकारको अन्धाधुन्ध दुरुपयोग गर्ने र मानवअधिकार र लोकतन्त्रको प्रयोग गर्नबाट जनतालाई रोक्ने अख्तियारी माथि प्रश्न गर्न उत्प्रेरित गर्न योगदान पुर्याएको छ । नेपालमा आन्दोलनका क्रममा र राज्य संरचनामा भएका राजनीतिक परिवर्तनका लागि राजनीति वरदान बनेको छ तर उपलब्धिलाई संस्थागत गर्न नसक्दा आन्दोलन र परिवर्तनपछिको राजनीतिले अराजकता र संस्थागत भ्रष्टाचारलाई बढावा दिने भाडभौलो तर्फ लैजाँदै गरेको देखिन्छ । यस अर्थमा आज नेपालमा राजनीति अभिशाप बनेको देखिन्छ, किनकि राजनीतिले छोएका सबै क्षेत्रहरू आक्रान्त र बिकृत भएका छन् ।
बरदान अभिषाप पजलको रूपमा राजनीति
एरिस्टोटलका अनुसार राजनीति भनेको नागरिकको सद्गुणको विकास गरी उनीहरूलाई सद्भावपूर्ण जीवन जिउन सम्भव बनाउनु होू । राजनीतिले मानिस र मानव जीवनमा सद्गुणलाई बढावा दिने सदाचारी समाजको स्थापना गर्ने उनको भनाइ छ । सोही प्रकाशमा नेपाली समाज पनि मुख्यतस् राजनीतिको नेतृत्वमा विभिन्न बाधा–अड्चनहरू पार गर्दै विभिन्न परीक्षाहरू सामना गर्दै यो चरणमा पुगेको दाबी गर्न सकिन्छ । विसं २००७ सालको आँधीबेहरी युक्त लोकतान्त्रिक आन्दोलनले लामो समयसम्म शासन गरेको निरंकुश राणा शासनलाई जरै देखी उखेलेर फाल्यो । जनताले शान्ति र स्वतन्त्रताको सास फेर्न लागेका बेला राजनीति गलत ढंगले एकल राजतन्त्र थोपर्दै निरंकुश पञ्चायती शासनमा गयो र बहुदलीय प्रजातन्त्रलाई रोक्यो । बहुदलीय प्रजातन्त्रका लागि विसं २०४६ सालको आन्दोलनमा प्रतिरोध राजनीति मार्फत जनता विरुद्धको यस्तो राजनीतिलाई चुनौती दिनुपरेको थियो । जनताको राजनीतिक आन्दोलनबाट प्रजातन्त्र स्थापना भए पनि सत्तारुढ दलहरूले आफ्नो लक्ष्य बिर्सेका कारणले विसं २०५२ सालमा जनयुद्धको सुरूवात भएको हो । यो माओवादी आन्दोलनले आवाजविहीनहरूको आवाज उठायो र विकल्पविहीनहरूको छनौटको लागि लड्यो। आन्दोलन चलिरहँदा विसं २०५८ सालमा शाही नरसंहार भयो र राजा ज्ञानेन्द्रले सबै अख्तियारीलाई आफनो हातमा लिएर संसद विघटन गरे । यसले नयाँ गणतन्त्र नेपाल स्थापना गर्न निरंकुश राजतन्त्र विरुद्ध लड्न माओवादी र संसदीय दलहरूको एकीकरण भयो। विसं २०५२ सालको जनयुद्ध र विसं २०६२–६३ सालको जनआन्दोलनले संयुक्त रुपमा नयाँ गणतन्त्रात्मक संविधानसहित नेपालमा समावेशी धर्म निरपेक्ष र संघीय लोकतान्त्रिक समाजको स्थापना भएको छ । राष्ट्रको व्यवस्था र संरचनामा आमूल परिवर्तन भए पनि जनताको जीवनस्तर उस्तै छ ।त्यसैले नेपाली जनता राजनीतिले स्थापित गरेको वरदान–श्रापको पजलबाट पीडित छन् ।
राजनीतिका बिकृतीहरू
राष्ट्र र विकासको मेरुदण्ड भनेर चिनिने कल्याणकारी राज्यका आधारभूत आवश्यकता स्वास्थ्य र शिक्षा राष्ट्रको नियन्त्रणमा हुनुपर्छ । तर, नेपालमा जनतालाई निस्शुल्क शिक्षाको अपरिहार्य अधिकारबाट बञ्चित गरेर निजीकरण गरिएको छ । जनता स्वास्थ्य र शिक्षा दुवै महंगो मूल्यमा किन्न बाध्य छन् । यसबाहेक, स्वतन्त्र बजारमा आधारित राष्ट्रको समग्र अर्थतन्त्रलाई सीमित राजनीतिज्ञ, ठेकेदार, व्यापारी, व्यवसायी, दलाल र बिचौलियाले नियन्त्रण गरेका छन् । राजनीति गर्नेहरूले नै समाजसेवाको नाममा अस्पताल, विद्यालय, कलेजमा लगानी गरेका छन् । तर, सरकारले सबै विद्यालय, कलेज र अस्पताललाई कम्पनी ऐन अन्तर्गत राखेको छ जुन अत्यन्त दुर्भाग्यपूर्ण छ ।यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, प्रहरी, सेना, निर्वाचन आयोग, योजना आयोग, लोकसेवा आयोग जस्ता राज्यका निकायहरू राजनीतिक शासकरनेताहरूको पूर्ण नियन्त्रणमा छन्। उनीहरुले राज्यको सम्पूर्ण संयन्त्रलाई कब्जामा लिएका छन् । ठूला राजनीतिक दल र नेताहरूले अपराधी, भ्रष्टाचारी, लुटेरा, दलाल र माफियालाई अँगालेपछि राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणलाई बढावा दिँदै समग्र भ्रम र अराजकता निम्त्याउँछन् । ूशक्ति भ्रष्टताको स्रोत हो र अशिमित शक्तिले मानिसलाइ पूर्ण रूपमा भ्रष्ट बनाउँछू । लर्ड एक्टनले भनेका छन्। नेपालमा राजनीतिक शक्तिले सम्पूर्ण संयन्त्र र संरचनालाई कमजोर बनाउँदै हरेक क्षेत्रलाई भ्रष्ट बनाएको देखिन्छ।
राजनीति समाजसेवा भए पनि नेपालमा यो आज आयआर्जन गर्ने पेशा बनेको छ । पछिल्लो समय नेपालमा शक्ति र पैसाको प्रमुख स्रोत राजनीति नै हो । त्यसैले मानिसहरु अन्य पेशामा केन्द्रित हुनुको सट्टा राजनीतिमा लागिरहेका छन् । यो पेशासँगै व्यवसाय पनि बनेको छ । ठेकेदार, व्यवसायी, प्राध्यापक, पत्रकार, वकिल, सरकारी कर्मचारी, शिक्षक र विद्यार्थी राजनीतिमा लागेका छन् । तिनीहरू सत्ता र पैसाको लालसाद्वारा निर्देशित छन्। समाजमा तटस्थ व्यक्ति पाउन धेरै गाह्रो छ। यस्तो लाग्छ कि तटस्थ आम जनतालाई समाजमा कसैले चिन्दै चिन्दैनन् । साथै, राजनीतिक आबद्धता अनुसार राजनीतिक नियुक्ति र भूमिका विभाजन हुने गर्दछन् । राजनीतिक दलका अनुसार प्राध्यापकको कोटा पूरा भइरहेको छ । पत्रकार, विद्यालयका शिक्षक, इन्जिनियर, वकिल, सरकारी कर्मचारी, कूटनीतिज्ञ सबै राजनीतिज्ञले नियुक्त गरेका हुन् । उनीहरुमा कर्तव्य र दायित्वको कमी छ । यो धेरै लाजमर्दो र असफल राज्यको संकेत होइन र रु पक्कै पनि हो। यसमा दुइमत छैन ।
राजनीति सबैलाइ शासन गर्ने दर्शन भए पनि नेपालको राज्य संयन्त्रलाई पूर्ण रूपमा प्रभावित गरेको छ । राजनीति मुख्यतया राजनीतिज्ञहरू द्वारा अभ्यास गरिन्छ र त्यसैले, हामी दलहरू र तिनीहरूको गतिविधिलाई राजनीतिको रूपमा बुझ्छौं यद्यपि यो औसत ९गलत० बुझाइभन्दा माथीछ । त्यस्तै गरी समावेशीता र समानुपातिक प्रतिनिधित्वको अवधारणा धेरै राम्रो कुरा हो । तर, यसले छोटो अवधिमा सरकारहरू बनाउने र भत्काउने गर्दा राजनीतिक अस्थिरता निम्त्याएको छ । संघीय र प्रादेशिक संसद् दुवैमा यो अवस्था देख्न सकिन्छ । संविधानमा राजनीतिक संस्कृति र प्रभावकारी निर्वाचन प्रणाली नभएका कारण नेपाल राजनीतिक अस्थिरताबाट गुज्रिरहेको छ । राजनीतिक दलहरू सबै राजनीतिक एजेन्डा, विचारधारा, दर्शन, मुद्दा र नैतिकतालाई ध्वस्त पार्दै सत्ता र पदका लागि मात्रै आफ्ना गुट, उपगुट, समूह र गठबन्धन परिवर्तन गरिरहेका छन् ।
विकल्पको पुनर्विचार
ड्वाइट आइसेनहोवर भन्छन्, ूराजनीति प्रत्येक नागरिकको अल्पकालिक पेशा हुनुपर्छ जसले स्वतन्त्र मानिसहरूको अधिकार र विशेषाधिकारको रक्षा गर्दछू । उनले भने झै राजनीतिबाट बढ्दो समस्यालाई समाधान गर्न चेतनाको विकास गर्दै प्रत्येक नागरिकलाइ अल्पकालिक संलग्नता गराउनु पर्छ, पेशाको रूपमा पूर्ण कालिक संलग्नता होइन । राजनीतिलाई व्यवसाय नभई समाजसेवा बनाउनुपर्छ । सरकारी कर्मचारी, पत्रकार, वकिल, प्राध्यापक, शिक्षक, कूटनीतिज्ञ, विद्यार्थी र अन्य पेशाकर्मीलाई प्रत्यक्ष रूपमा दलीय राजनीतिमा संलग्न हुन नदिन बलियो कानुन बनाउनुपर्छ । यस बाहेक, दण्डहीनता हटाउनु अर्को उत्तम वैकल्पिक समाधान हुन सक्छ । सुशासनका लागि विधिको शासन कार्यान्वयनमा हामी सबैको ध्यान जानुपर्छ । साथै, हामीले राजनीतिको बारेमा ९गलत० बुझाइ र मानसिकता परिवर्तन गर्न आवश्यक छ। राजनीति एउटा विचार र दर्शन हो तर राजनीतिज्ञहरूको फोहोरी खेल होइन भन्ने कुरा सबैले बुझ्नुपर्छ। यसका लागि व्यक्ति र राज्य दुवैले मूल तहबाट आफूलाई परिवर्तन गर्नुपर्छ । तिनीहरूले पश्चात्ताप र महसुस गर्नुपर्छ। त्यसैगरी फोहोरी राजनीतिलाई ध्वस्त पार्दै वास्तविक राजनीतिक संस्कृतिको विकासमा सबैले जोड दिनुपर्छ । साथै, विकास संस्कृतिको प्रवद्र्धन तत्काल थाल्नुपर्छ । त्यसपछि जनता राजनीतिमा नभई विकासमा संलग्न हुन्छन्।
अन्त्यमा, नेपालमा आजको आवश्यकता भनेको अर्थतन्त्र उत्पादन गर्ने राजनीति हो जसले निष्पक्ष राष्ट्रिय अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय अर्थतन्त्रलाई आपराधिक मानसिकता भएका माफिया र भ्रष्ट राजनीतिज्ञको चंगुलबाट बाहिर निकाल्ने हो भने नयाँ राजनीतिक संरचना, प्रणाली र संस्कृतिले सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । त्यसैले नेपालको अराजकताको प्रमुख समाधान नैतिक राजनीतिक संस्कृतिसहितको सही राजनीतिक मार्ग नै हो ।
निष्कर्ष
राजनीति अभिशाप होइन वरदान हो तर भ्रष्टाचार, डनवाद, धनवाद, दलाली, लोकतन्त्र, गुटबन्दी, नातावाद, कृपावाद, नोकरशाहीतन्त्र, माफियातन्त्र, दलाल संसदीय व्यवस्थाको राजनीति अवश्य अभिशाप हो । ‘इमान्दारिता नै उत्तम नीति’ भन्ने उखानमा आधारित राजनीति हो भने त्यो बरदान हो । यदि यो राजनीतिज्ञहरूको निहित स्वार्थमा आधारित छ भने, यो फोहोरी खेल हो–अभिशाप हो । नेपालमा जनताको लोकतन्त्र र सामाजिक रुपान्तरणका लागि विभिन्न आन्दोलनमा राजनीति भाग्यशाली रहे पनि राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरणका कारण आज यो दुर्भाग्यपूर्ण बन्दै गएको देखिन्छ । सिन्डिकेटलाई चुनौती दिदै राजनीतिको अपमानजनक भुमरीबाट बाहिर निस्कनु र सहि कारणका लागि सही समयमा सही ठाउँमा सही व्यक्ति मार्फत गुणस्तर प्रवर्द्धन गर्नु आजको ज्वलन्त आवश्यकता भएको छ । दुर्घटना रोक्न राजनीतिमा नैतिकताू भन्ने नारालाई प्रवर्द्धन गरौं ।