काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिलेसम्म सुचारु हुन सकेको छैन । बिहान ११ बजेका लागि बोलाइएको बैठक करिब दुई घण्टा ढिलो हुद पनि शुरु हुन सकेको छैन ।
संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेकाले संसद बैठक ढिलो भएको हो । यद्यपी छलफलमा सहमति भने हुन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए ।
नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ ।
त्यसपछि सभामुखले दलका प्रमुख सचेतकसँग र कांग्रेसका शिर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेका थिए ।