मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विचार–ब्लग
  • गृहपृष्ठ
  • एनआरएनए एनसीसी यूएसएको दक्षिण क्षेत्रीय संयोजक पदमा न्यौपानेकाे उम्मेदवारी
एनआरएनए एनसीसी यूएसएको दक्षिण क्षेत्रीय संयोजक पदमा न्यौपानेकाे उम्मेदवारी
जनतापाटी
जनतापाटी शुक्रबार, असार २२, २०८० मा प्रकाशित
viber sharing button
एनआरएनए एनसीसी यूएसएको दक्षिण क्षेत्रीय संयोजक पदमा न्यौपानेकाे उम्मेदवारी

असल नेता, सबल नीती र कुशल नेतृत्व एक संस्थाको लागि अत्यन्त महत्वपूर्ण कुरा हो। कुनै पनि संस्था तबसम्म राम्रो र पारदर्शी हुन सक्दैन जबसम्म यो एक योग्य र असल नेतृत्वको हातमा जाँदैन। अहिले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२३–२०२५ अवधिको लागि चुनावी सारगर्मी बढिरहेका बेला यस विषयमा फेरी एकपटक राम्रो संग सोचविचार गर्ने बेला आएको छ। 

निर्वाचन आफैँमा एक निष्पक्ष, प्रजातान्त्रिक एवम् लोकप्रिय पद्धती हो, जसमा सबल, सुदृढ़, पारदर्शी र विश्वसनीय नेतृत्वको अपेक्षा गरिएको हुन्छ। तसर्थ सबै गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका सम्पूर्ण सदस्यहरुलाई यसमा सहभागी भई आफ्नो अमूल्य अभिमत एक भरोसायोग्य तथा संस्थाप्रति बफादार व्यक्तिलाई जाहेर गरिदिनु अहिलेको अपरिहार्य आवश्यकता हो।

मोहन न्यौपाने एनआरएनए एनसीसी यूएसएको हकमा कुनै नयाँ नाम पक्कै होइन। उहाँ विगत लामो समयदेखि विभिन्न तह र तप्कामा रही यस संस्थालाई सहयोग गर्दै आएको र अन्य धेरै संघसंस्थाहरुको माध्यमवाट समाज सेवामा सक्रिय रहेको कुरा सर्वविधित नै छ। उहाँ पछिल्लो ६ वर्षदेखिको चाप्टरको कुशल नेतृत्व गरेको अनुभवसहित यस पटक एनआरएनए एनसीसी यूएसएको दक्षिण क्षेत्रीय संयोजक अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । २०१७-१९ मा ओहायो अध्यायको उपसभापति अनि २०१९-२०२१ र २०२१-२०२३ कार्यकालका लागि अध्याय अध्यक्षका रुपमा उहाँले सफल कार्यकाल पुरा गरिसकेका छन्। 

नेपालमा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. एम.फिल गरेका न्यौपाने अमेरिकामा केनेस राज्य विश्वविद्यालय, जर्जियाबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर पुरा गरेका छन् । उनी अमेरिकाको विभिन्न सरकारी तथा गैरसरकारी छेत्रमा आईटी इन्जिनियरको रुपमा काम गर्दै आउनुभएको छ। वहाको अध्याय अध्यक्षको कार्यकालमा गरेका महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई ३०००० डलरको सहयोग जम्मा गर्न सफल क्यान्सर पिडित हिरा सेनलाई गरेको सहयोग, विभिन्न कारणले अकाल मृत्युवरण गरेका नेपालीलाई सहयोग, ओहायोका धेरै कलेज तथा विश्वविद्यालयमा आईटी अध्यनरत विद्यार्थीहरुलाई गरेको सहयोग अत्यन्त सराहनीय छन्। कोभिडको प्रबल महामारीका बेला उहाँले सिनसिनाटी, ओहायोमा ब्यक्तिगत पहलमा घरघरमा गइ गरेको सहयोग र ५००० डलरसम्मको आर्थिक संकलन अहिले पनि त्यहाको नेपाली समुदायको मन मस्तिकमा ताजै छ। उहाँको आर्थिक सहयोगलाई तत्कालिन एएनएमफका प्रेसिडेन्ट डा भुपेश खड्का ले मुक्त कण्ठले प्रसंशा गर्नुभएको थियो। यी अनेकन कारणले उहाँको उम्मेदवारी यस संस्थाको बृहत्तर हित,अनेकन बेमेलहरु बीच एकताको संवाहकता, पारदर्शी, समावेशी एवं विश्वसनीयता को खातिर रहने सर्बस्विकार्य छ। अमेरिकाका विभिन्न सहरहरु ह्युस्टन टेक्सास, डलास टेक्सास, ज्याक्सनभिल फ्लोरिडा, न्यूयोर्क, ओहायो हुँदै हाल उहाँ उत्तरी क्यारोलिनाको रालेगमा बसोबास गर्दै आउनुभएको छ।  

हो, परिवर्तन अपरिहार्य छ अनि यो हामी सबैको हातेमालो बाट सम्भव छ। हाम्रो यस साझा संस्थालाई समुन्नत एबम् चलायमान संगठन बनाउनु हामी सबैको दायित्व हो। यस महान लक्ष्यमा हामी सबैको सहयोग एवम समर्थन एक जुझारु एबम लगनशील व्यक्तित्वलाई हुनु आजको निर्बिकल्प आवस्यकता हो।

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
आजबाट पितृपक्ष सुरु, किन गरिन्छ १६ दिन श्राद्ध ?
संविधानले सम्झिएका सुशील र सुवास
बा, फेसबुकमा फोटो हालौँ ?
एनआरएनए एनसीसी यूएसएको दक्षिण क्षेत्रीय संयोजक पदमा न्यौपानेकाे उम्मेदवारी
बजेटमा समावेश गर्नुपर्ने प्रमुख मुद्दा
२५६७औँ बुद्ध जयन्ती: थेरवाद–बुद्धधर्मको सान्दर्भिकता
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.