मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
पत्रपत्रिका
  • गृहपृष्ठ
  • जुम्लाको ‘सिकारी गाउँ’ कृषिमा रमाउँदै
जुम्लाको ‘सिकारी गाउँ’ कृषिमा रमाउँदै
जनतापाटी
जनतापाटी शुक्रबार, वैशाख ८, २०८० मा प्रकाशित
viber sharing button
जुम्लाको  ‘सिकारी गाउँ’ कृषिमा रमाउँदै

जुम्ला । जुम्ला खलंगाबाट १७ कोष टाढा छ, दुर्गम भेरिखोलाको सर्मी गाउँ । कुल १ सय ७० घरधुरीको सर्मी साबिक ताम्ती गाविसको प्रवेशद्वार पनि हो । दैलेखको चौराठा हुँदै जुम्ला पानसय दराबाट भेरिखोलामा बसाइँ सरेर सर्मी गाउँ निर्माण भएको कथन छ । सर्मीमा कस्तुरी, झारल, बाज, च्याखुराजस्ता पशुपक्षी हुने हुँदा सिकारीका लागि उर्वर क्षेत्र मानिन्थ्यो । ४ दशकअघिसम्म पनि भेरिखोलामा बाज, कस्तुरी, झारललगायतका पशु पक्षीको सिकार गरिन्थ्यो । सरकारले बाजको व्यापारमा कर नै तोकेको थियो ।

बाज भारतीय नागरिकलाई बिक्री गरिन्थ्यो, उनीहरूले बाजलाई मोती टिप्ने काममा प्रयोग गर्थे । स्थानीय प्रेम रावलले सुनाए, ‘च्याखुरा खेल्ने ठाउँ, बाजको खेल्ने थलो, कस्तुरी बस्ने भुरिचुला, सुनखानी भएको २२ पाटन भएको भेरिखोला छ भनेर पुर्खालाई सुरुमा सर्मी पठाइयो, सिकारी गाउँको इतिहास बोकेको सर्मी अहिले किसानको गाउँमा परिणत भएको छ,’ सिकारी बसेर गाउँ निर्माण भएको सर्मीमा अहिले किसान मात्रै छन् ।

२०१९ सालमा सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सर्मीबासी सिकारीबाट किसान बने । गाउँछेउको घट्टेखोला किसानको सहारा बनेको छ । जुम्लाका गाउँबस्तीमा खडेरिदाग्दा घट्टेखोलाले सर्मी गाउँको जमिन हराभरा छ । सर्मी गाउँमा सिँचाइ, खानेपानी, विद्युत्, पानीघट्टलगायतका आवश्यकता यही खोलाले पूरा गरेको छ ।

‘सरकारले पशुपक्षी संरक्षण ऐन ल्याएपछि सिकारबाट जीविका चलाएका सर्मीबासीको रोजीरोटी खोसियो । सिकारीबाट गाउँले किसान बन्न थाले । अनि किसानको सारथी बन्यो, घट्टेखोला । अहिले यही खोलाले गाउँलाई खानेपानी, बिजुली, सिचाइ, पानीघट्ट दिएको छ,’ स्थानीय दलबहादुर कुँवरले भने । साबिकको ताम्ती गाउँविकास समिति रहेको भेरिखोलामा पहिलोपटक बिजुली सर्मीमा बलेको थियो । अहिले पनि गाउँ झिलिमिली छ । एक घर एक धारा छ ।

जुम्लामा कुल २ सय ३८ गाउँ छन् । प्राकतिक भू–बनोटले कतै सहज र कतै कठिन जीवनशैली छ । सर्मीका छिमेकी गाउँ नुवाकोटको महादेव, राँका गाउँको तरापीमा खानेपानीको हाहाकार छ । भेरिखोला हुँदै बग्ने नदी किनारबाट भुरीचुला हिमालको मध्यान्तरसम्म घना जंगल छ । यही जंगलका कारण सर्मी गाउँको घट्टे खोला बगिरहन्छ  । यो समाचार राजधानी दैनिकमा छ ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
तेस्रोपल्ट लगानी सम्मेलन गर्दै नेपाल
स्थानीय तहले कानुन नबनाउँदा आर्थिक कारोबार र सेवा प्रवाह प्रभावहीन
चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने
सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीको थेगिनसक्नु चाप
आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार
बैंक नाफासँगै जोखिम बढ्यो
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.