मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
पत्रपत्रिका
  • गृहपृष्ठ
  • आपत्ति जनाउनुपर्ने कुनै कारण छैन - कुसुम शर्मा
आपत्ति जनाउनुपर्ने कुनै कारण छैन - कुसुम शर्मा
जनतापाटी
जनतापाटी शुक्रबार, वैशाख ८, २०८० मा प्रकाशित
viber sharing button
आपत्ति जनाउनुपर्ने कुनै कारण छैन - कुसुम शर्मा

काठमाडौं । चितवनको कालिका मेडिकल कलेजबाट नर्सिङमा डिप्लोमा गरेकी कुसुम शर्मा आफ्ना साथीसँग भन्थिन् ‘म त हिरोइन् हुन्छु ।’ साथीहरूले उनका कुरा सुने तर पत्याएनन् । विदेशमा समेत राम्रो स्कोप भएको नर्सिङ पढेकी कुसुम विदेशै जान्छिन् भन्ने उनका साथीहरूलाई लागेको थियो । उनकै केही साथीहरू प्नि बिदेसिए । कोही नेपालमै नर्सिङ पेसामा छन् । जो कुसुमको ‘हिरोइन बन्छु’ भन्ने कुरा सुनेर पनि ‘उस्’ भन्दै थिए । अहिले तिनै साथीहरू दंग पर्दै भन्दै छन् ‘कुसुम तैंले त साँच्चै कमाल गरिस् ।’

पर्वतमा जन्मेकी कुसुम अहिले सर्वाधिक चर्चित मोडलका रूपमा चिनिन्छिन् । गायक एवं अभिनेता प्रकाश सपुतको स्वरमा रहेको गीत सकम्बरी (फूलमाया)को भिडियोले कुसुमलाई नसोचेको उचाइ दियो । एक सातामै युट्युब च्यानलमा १ करोड भ्युज पाएको सो गीतमा कुसुमले मोडलिङ गरेकी छन् । एक सातामा १९ हजारभन्दा बढी दर्शकले कमेन्ट गरेका छन् ।

‘नर्सिङ पढे पनि चलचित्रमा नायिका बन्ने सपना देखेकी थिए । त्यो सपनाको यात्रा मैले पूmलमायाबाट सुरु गरें,’ उनले भनिन् ‘पहिलो गीतबाटै यति धेरै सफलता पाउँछु जस्तो लागेको थिएन ।’ पूmलमाया गीतका लागि मोडल चाहिएको जानकारी सुरुमा कुसुमलाई गीतका सहायक निर्देशक सुनिल सपुतले दिए । गीत सुनेर कुसुम फिदा भइन् र भिडियोका लागि अडिसन दिइन्, ‘प्रकाश, विशाल र सुनिललगायतले अडिसन लिएपछि पास भएको खबर सुनाए । ‘त्यतिबेला म निकै खुसी भएँ,’ कुसुमले भनिन् ।

गीतको भिडियोको स्क्रिप्ट पढेपछि उनी चकित भइन्, ‘गीतको स्क्रिप्ट फिल्मजस्तै थियो । सुनिल थापाजस्तो लिजेन्ड्री अभिनेतासँग काम गर्न पाउनुलाई अर्को उपलब्धिका रूपमा बुझिन् ।’

तीन दिन तीन रात लगाएर छायांकन गरिएको यो भिडियोका लागि कुसुम केही दिन अभिनयको वर्कसपमा पनि बसिन्, ‘सुरुमा त निकै डर लागेको थियो । तर, सुनिल थापा सरदेखि सबै टिमले यति धेरै सपोर्ट गर्नुभयो कि मलाई काम गर्न निकै सहज भयो,’ कुसुमले सुटिङको अनुभव सुनाइन् ।

अहिले यो गीतमा प्रयोग भएको शब्द र भिडियो चर्चासँगै विवादमा पनि छ । कतिपयले आपत्ति जनाएका छन् । तर, कुसुमलाई लाग्छ ‘आपत्ति जनाउनुपर्ने कुनै कारण छैन ।’ राजधानी दैनिकमा समाचार छ ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
तेस्रोपल्ट लगानी सम्मेलन गर्दै नेपाल
स्थानीय तहले कानुन नबनाउँदा आर्थिक कारोबार र सेवा प्रवाह प्रभावहीन
चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने
सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीको थेगिनसक्नु चाप
आरक्षणले उज्यालिँदै मधेसका सीमान्तकृत मुहार
बैंक नाफासँगै जोखिम बढ्यो
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.