मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
पत्रपत्रिका
  • गृहपृष्ठ
  • मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत
मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत
जनतापाटी
जनतापाटी शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
viber sharing button
मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा भइरहेको सो आयोजनाको निर्माण कार्य असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ ।

७ दशमलव २० किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कङ्क्रिट लाइनिङको काम भइरहेको छ । विद्युत्गृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वाइन, जेनेरेटर, नियन्त्रण कक्षका उपकरण जडान भइरहेको छ । विद्युत्गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावर निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल–भारत सीमानाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोशी नदीमा आएको बाढी, २०७७ असारमा निर्माण स्थल भोटेकोशी नदी एवं आसपासको क्षेत्रमा आएको बाढीपहिरो र कोभिड–१९ को महामारीको चपेटामा आयोजना परेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण प्रगति ९५ प्रतिशत
एकीकृत हुँदै विभाजित माओवादी पार्टी
संवैधानिक सीमा नाघ्दै निर्वाचन आयोग ?
निर्यात जीडीपीको २० प्रतिशत पुर्‍याउने लक्ष्य
स्ववियु निर्वाचनमा १ लाख ७० हजारले मतदान गर्दै
स्ववियु निर्वाचन प्रक्रिया आजदेखि
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.