काठमाडौं । कास्पर अल्कारेजलाई निराश पार्दै कार्लोस अल्भारेजले सोमबार युएस ओपन जितेका छन् । अल्भारेजको यो पहिलो ग्रान्ड स्लाम हो ।
अल्भारेजले ६–४,२–६,७–६ (७–१),६–३ को जित निकाले । यससँगै अल्भारेजले विश्व वरीयताको शीर्ष स्थानसमेत पक्का गरेका छन् ।
१९ वर्षका अल्भारेज पिट साम्प्रासपछि ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छो खेलाडीसमेत बनेका छन् ।