काठमाडौं । रियल म्याड्रिड पुनः स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा मालोर्काविरुद्ध ४-१ गोल अन्तरको सानदार पूनरागमन जित निकाल्दै रियल शीर्षस्थानमा उक्लिएको हो ।
रियलको जितमा फेडे भाल्भेर्डे, भिनिसियस जुनियर, रोड्रिगो र एन्टेनियो रुडिगरले समान एक/एक गोल गरे । मलोर्काका भेडाड मुरिक्युको गोल सान्त्वना बन्यो ।
जितसँगै रियलले ५ खेलमा १५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । मालोर्का ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।