काठमाडौँ । केन्यासँगको पाँच टि२० आई खेल र तीन एकदिवसिय अभ्यास खेलको लागि नेपालको टिम घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीमा युवा विकेटकिपर अर्जुन साउद पहिलोपटक समेटिएका छन् भने अनुभवी ब्याटर तथा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टोलीमा पूनरागमन गरेका छन् ।
टोलीमा नियमित रहँदै आएका विकेटकिपर विनोद भण्डारी र ब्याट्सम्यान कुशल भुर्तेल भने टिमबाट बाहिरिएका छन् ।
नेपाल केन्यामा भदौ ७ मा ( अगष्ट २३) मा जाने कार्यक्रम छ । नेपालले पहिलो टि२० आई खेल भदौ ९ मा ( अगष्ट २५) मा केन्यासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल २६ अगष्टमा खेल्नेछ । त्यसपछि एकदिन विश्राम हुँदा २८, २९ र ३० अगष्टमा तेस्रो, चौथो र पाँचौं टि२० आई खेल खेल्नेछ । पहिलो एकदिवसिय अभ्यास खेल २ सेप्टेम्बरमा हुनेछ भने दोस्रो एकदिवसीय सेप्टम्बर ३ र अन्तिम एकदिवसीय सेप्टेम्बर ५ मा हुनेछ ।
नेपाली टोली -
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल(उपकप्तान), आसिफ शेख(विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव ।
वैकल्पिक खेलाडी - जितेन्द्र मुखिया, भिम सार्की, प्रतिष जिसी,हरिशंकर शाह ।