काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता भएकाे छ । केही दिनअघि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो ।
पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १८७ दर्ता नम्बर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक दल दर्ता प्रमाणपत्रमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनीतिक दलसम्बन्धी ऐन, २०७३ दफा ४ र ५ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नेगरी आयोगबाट असार ३ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको’ उल्लेख छ ।
पार्टी दर्ता भएसँगै अब संगठन विस्तारमा केन्द्रित हुने सभापति लामिछानेले बताएका छन् ।