काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्य बढाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । अब पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरी प्रतिकिलोलिटर १६४५ डलर कायम गरिएको छ । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।