काठमाडौं । काठमाडौं महानगरपालिकाले मातहतका सबै विभाग र वडा कार्यालयमा सीसीटीभी जडान गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेवा सुविधालाई भरपर्दा बनाउन सीसीटीभी जडान गर्ने नीति ल्याइएको बताए ।