मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • यस्तो छ तपाईँको आजको राशिफल
यस्तो छ तपाईँको आजको राशिफल
जनतापाटी
जनतापाटी शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
viber sharing button
यस्तो छ तपाईँको आजको राशिफल

आजको पात्रो: १४ जेठ २०७९, शनिवार । मे महिनाको २८ तारिक २०२२ । जेष्ठ कृष्णपक्ष त्रयोदशी तिथि, भरणी नक्षत्र, शोभन योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१० मा हुनेछ भने सूर्यास्त ६ः५३ मा हुनेछ । आजको देवता वृहस्पति र ग्रहदेव सूर्य रहेको छ । शनिवारको दिन विहान नजिकैको पिपलको बृक्षमा जल अभिषेक गर्नु र शनिदेवको उपास्य गर्नु उत्तम हुनेछ । आज विहान ८ः३६ देखि १०ः१९ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य नगर्दा राम्रो हुन्छ । ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्दा उत्तम हुनेछ । शनिवारको दिन लामो यात्रा नगर्दा राम्रो हुनेछ ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग  पाउन सकिन्छ । तपाईको योजना सफलताको लागि आफन्तजनको सहयोग आवश्यक हुनेछ । आजको यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रामा निस्कनु भन्दा पहिले कन्यालाई दक्षिण दिएर निस्कदा राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । ब्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश हुनु पर्नेछ । तपाईको सकारात्मक भएर आफनो नियमित काममा लाग्नुहोला । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आशीर्वादका लागि सम्मानित व्यक्तित्वसँग भेटवार्ता गर्नसक्नुहुनेछ ।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

आजको दिन तपाईको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा घर बाहिर नजानु होला ।    

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण तपाईलाई केही समस्या आउनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । चन्द्रमाको साथ रहेको छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । यात्राबाट खुसियाली छाउने छ । परिवारको साथ सहयोगले तपाईको मनमा प्रशसन्नता छाउने छ । कुनै नयाँ कामको शुरुवात पनि गर्न सक्नुहुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजदेखि तपाईको मनमा रहेको चिन्ता हटदै जानेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । कुमारी कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवीको मन्दिरको यात्राले तपाईलाई मनमा शान्ति प्राप्त हुनेछ ।   

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । महिलासँग विवाद हुने कार्य भरसक नगर्नुहोला ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र संभावना पनि छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । सकारात्मक सोच, र नियमित काममा समय खर्चनुहोला ।  

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाको कार्यमा लाग्नु होला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सरस्वतीको आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । नियमित काममा मात्र लाग्नुहोला । नयाँ कामको थालनी नगर्नु बेश हुनेछ ।      

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । बालकन्यालाई खानेकुरा र बस्त्र दान दिनेभयो भने तपाईलाई आशीर्वाद मिल्नेछ ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन गृहस्थ जीवनको कार्यमा समय खर्च गरेर बस्नु भएकामा तपाईको हित हुनेछ । अध्ययन, अनुसन्धान र लेखनको काममा समय दिनु भयो भने उत्तम हुनेछ । तपाईको लागि यात्राको अवसर पनि आउनसक्छ । स्वास्थ्यमा ख्याल गर्नुहोला । देवालयको यात्रा र गुरुजनको आशीर्वादको लागि गुरुसेवा गर्दा फल प्राप्त हुनेछ ।

viber sharing button
जनतापाटीबाट थप
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन
निर्दोष देखिएपछि शर्मा नै अर्थमन्त्री - नेता पुन ४० मिनेट पहिले
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन
विनोद मृत्यु प्रकरणः प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन ४४ मिनेट पहिले
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने ४८ मिनेट पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कोरोना सङ्क्रमण बढ्दै, आज ११३ सङ्क्रमित
आज बुधबार, हेर्नुहोस् कुन राशि हुनेको लागि कति शुभ ?
एकैदिन झण्डै सय जनामा कोरोना पुष्टि
बालबालिकामा विभिन्न किसिमका क्यान्सर
कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि
थाहा पाउनुहोस्, तपाईँको आजको राशिफल
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP