मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, July 06, 2022 |बुधबार, असार २२, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष
जनतापाटी
जनतापाटी बिहीबार, जेठ १२, २०७९ मा प्रकाशित
viber sharing button
गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सङ्घर्ष

सुदूरपश्चिम । आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले सार्वजनिक गरेको नीति कार्यक्रममा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनका विषय सम्बोधन नभएको भन्दै विरोध हुन थालेको छ । भवनलगायतका संरचना निर्माणको काम पूरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनको विषय नीति कार्यक्रममा नसमेटिएको स्थानीयवासीको भनाइ छ । 

कलेज सञ्चालनको प्रक्रिया यथाशीघ्र सुरु गर्न दबाब दिने उद्देश्यले कैलालीमा सङ्घर्ष समितिसमेत गठन गरिएको छ । समितिको पहलमा आज सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र अत्तरियालगायतका क्षेत्रमा हस्ताक्षर सङ्कलन गर्नुका साथै प्रदेशका मुख्यमन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी र धनगढी उपमहानगरपालिकाका प्रमुखलाई छुट्टाछुट्टैरूपमा ज्ञापनपत्रसमेत बुझाइएको छ । कलेजका आवश्यक भौतिक पूर्वाधार तयार भइसके पनि यो कलेजलाई कुन प्र्रारूपमा सञ्चालन गर्ने भन्ने विषयमा सरकारले अहिलेसम्म टुङ्गो लगाएको छैन ।
  
नीति कार्यक्रममा कलेज सञ्चालनको विषय नसमेटिएकाले सुदूरपश्चिमवासी निराश भएको नागरिक अगुवाको भनाइ छ ।  स्थानीय व्यवसायी डिल्लीराज अवस्थीले भने, “नीति कार्यक्रममा डडेलधुरामा मेडिकल कलेज सञ्चालन गर्ने विषय समेटिनु राम्रो हो, तर भौतिक पूर्वाधार तयार भइसकेको कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनबारे सम्बोधन नहुँदा नागरिकबाट विरोध भएको छ ।” यो मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान वा मेडिकल कलेज कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा विभिन्न निकाय र तहमा बहस छलफल हुँदै आएको छ । 

viber sharing button
जनतापाटीबाट थप
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने
अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने ५ मिनेट पहिले
रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत ३ घण्टा पहिले
भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ
भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ ३ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो
चिकित्सा शिक्षामा तोकिएभन्दा बढी शुल्क लिइए कारबाही - शिक्षामन्त्री
शिक्षाका छ विधेयक ल्याउने तयारी
लमजुङमा बालमैत्री अभियान अलमलमै
स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् - राष्ट्रपति भण्डारी
Nabil
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP