काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । सार्वजनिक पछिल्लो मत परिणाम अनुसार शाहले १० हजार मत कटाएका छन् । उनले हालसम्म १० हजार ७९७ मत पाएका छन् ।
शाहलाई नेकपा एमालेका केशव स्थापितले ५ हजार ७८७ मतसहित पछ्याइरहेका छन् । उनी बालेनभन्दा ५ हजार १० बढी मतले पछि छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५ हजार ७४ मत पाएर एमालेलाई पछ्याइरहेकी छन्।
राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६३३ मत तथा विवेकशील साझा पार्टीकी समिक्षा बास्कोटाले ७८ मत पाएकी छन् ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मतगणना भइरहेको छ।