काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा नेपाली कांग्रेसका जगत भोलन अध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका भोलन २ हजार १०२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनी यसअघिका अध्यक्षसमेत हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चतुरमान लोले करिब ८ सय मतान्तरले पराजित भए । उनले १ हजार ३८३ मत ल्याए । कांग्रसकै बागी गणेशबहादुर पुलामीले १ हजार १९४ मत पाए ।
त्यस्तै, उपाध्यक्षमा गठबन्धनबाटै माओवादी केन्द्रका शंकरमान घलान भारी मतका साथ निर्वाचित भएका छन् । घलानले २ हजार ९८३ मत प्राप्त गरेर विजयी हुँदा एमालेकी प्रमिला वाइवाले १५२८ मत प्राप्त गरेकी थिइन् ।