काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । चैत २८ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारण सभाले इन्स्योरेन्सको लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश पाउने छन् ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक वर्ष २०७४/७८ मा १६.०५ प्रतिशतले व्यवसाय वद्धि गर्दै २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेको छ । एनएफआरएस अनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।