मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Monday, May 23, 2022 |सोमबार, जेठ ९, २०७९
  • युनिकोड
  • English Edition
जनतापाटी
ad
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • गुरागाईंलाई वसुन्धराश्री र रावललाई मानश्री पुरस्कार प्रदान गरिने
गुरागाईंलाई वसुन्धराश्री र रावललाई मानश्री पुरस्कार प्रदान गरिने
जनतापाटी
जनतापाटी बुधबार, वैशाख ७, २०७९ मा प्रकाशित
viber sharing button
गुरागाईंलाई वसुन्धराश्री र रावललाई मानश्री पुरस्कार प्रदान गरिने

काठमाडौँ । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने भएको छ । 

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा दुबसु क्षेत्रीको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले उत्कृष्ट आधुनिक नेपाली कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी नेपाली डायस्पोरामा नेपाली भाषा र साहित्यको स्थान र पहिचान उच्च र अक्षुण राख्न विशिष्ट योगदान दिएको भन्दै गुरागाईँलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ७५ हजार रहेको छ । 

यस्तै आधुनिक नेपाली गीत, नाटक, चलचित्र र हास्यव्यङ्ग्यको सिर्जना र अभिनयद्वारा नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली डायस्पोरामा आफ्नो अलग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्ने कलाकार रावललाई मानश्री पुरस्कार प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु ५० हजार रहेको छ ।

विसं २००४ चैतमा म्यान्माको मोगोकमा जन्मिएका वरिष्ठ कलाकार रावलका ‘सुन मायालु’, ‘दुःखीको दाइजो’, ‘जम्काभेट’लगायत कृति प्रकाशित छन् भने दर्जनौँ नेपाली चलचित्र तथा नाटकमासमेत निर्देशन र अभियन गरेका छन् ।

यसअघि वसुन्धराश्री पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (२०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (२०५९), वरिष्ठ समालोचक यदुनाथ खनाल (२०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (२०६१), वरिष्ठ उपन्यासकार डायमनशम्शेर राणा (२०६२), वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (२०६३), वरिष्ठ कवि मोहन कोइराला (२०६४), वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी (२०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (२०६६), वरिष्ठ कवि वैरागी काँइला (२०६७, वरिष्ठ कवि धर्मराज थापा (२०६८), वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी (२०६९, वरिष्ठ चित्रकार शशि शाह (२०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (२०७१), वरिष्ठ सङ्गीतकार अम्बर गुरुङ (२०६७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (२०७३), वरिष्ठ समालोचक प्रा डा तारनाथ शर्मा (२०७४), वरिष्ठ गायक प्रेमध्वज प्रधान (२०७५), वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (२०७६), आख्यानकार डा ध्रुवचन्द्र गौतम (२०७७) र लोकगायक कुमार बस्नेत (२०७८)लाई सम्मान गरिएको थियो ।

यसैगरी प्रतिष्ठानले यसअघि मानश्री पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (२०५७), साहित्यकार विनय रावल (२०५८), नाटककार अशेष मल्ल (२०५९), गजलकार ज्ञानुवाकर पौडेल (२०६०), साहित्यकार मञ्जुल (२०६१), कथाकार मधुवन पौडेल (२०६२), कवि विष्णुविभु घिमिरे (२०६३), कवि कृष्णभूषण बल (२०६४), कथाकार भुवन ढुङ्गाना (२०६५), कथाकार सनत रेग्मी (२०६६), कवि विजय बजिमय (२०६७), समालोचक डा रामदयाल राकेश (२०६८), कथाकार डा वेञ्जु शर्मा (२०६९), चित्रकार किरण मानन्धर (२०७०), कलाकार नीर शाह (२०७१), गायक दीप श्रेष्ठ (२०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (२०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (२०७४), गायक भक्तराज आचार्य (२०७५), कलाकार हरिवंश आचार्य (२०७६), साहित्यकार सरुभक्त (२०७७) र गायिका मीरा राणा (२०७८)लाई प्रदान गरिएको थियो । 
 

viber sharing button
जनतापाटीबाट थप
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ?
काठमाडौंमा एक लाख २८ हजार ४८५ मतगणनाः कसले कति पाए ? १ घण्टा पहिले
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी
 सुन्दर हरैँचा नगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी १ घण्टा पहिले
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी
भीमदत्त नगरपालिकामा कांग्रेस विजयी १ घण्टा पहिले
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा
पत्रकार दिवाकर मैनाली नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट सम्मानित
‘बिट्वीन लाइन्स एन्ड लेयर्स’ कलाचित्र प्रदर्शनी
काठमाडौंमा ‘राजद्रोही राजनेता’ प्रदर्शन हुने
‘नकोरिएका सन्दर्भहरु’ विमोचित
लेखक भएर हिँड्नु भनेको आफ्नो बाटो आफैँ बनाउनु हो 
Nabil
Sunrise Bank
Salt Trading
Civil Bank
Worldlink
Sagarmatha Insurance
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© Janatapati: Quick & Reliable Online News Portal in Nepal -2022 All rights reserved. Website Design by : SoftNEP