रौतहट । रौतहट जिल्लामा रहेको रङ्गपुर साझेदारी वन उपभोक्ता समूहमा मनलाग्दी तीव्र रुपमा बढेको छ ।
रङ्गपुर साझेदारी वन उपभोक्ता समूहको नयाँ कार्यसमिति बनेको केही समय पुग्न नपाउँदै समितिले मनलाग्दी सुरु गरेको हो । समितिले रङ्गपुर साझेदारी वन क्षेत्रमा रहेका ढलापडा रुखको कटान मुछानका नाममा मनलाग्दी गर्न सुरू गरेकाे जानकारहरुले बताएका छन् ।
साझेदारी वन क्षेत्रमा ढलापडा कटानमुछानको नाममा यतिबेला वन क्षेत्रमा टिफर डोजर र ट्रेक्टर लगेर मनलाग्ने काम भइरहेको एक स्थानीय बासिन्दाले बएका छन् । राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कटानमुछान गर्नुपर्नेमा डिभिजन वन कार्यालयका कर्मचारीकै मिलोमतोमा बिना सूचना समितिलाई नै कटानमुछानको काम दिएको हो । कटान मुछानका लागि रु २० लाख रुपैयाँ छुट्याइएको छ ।
ठेकेदार मार्फत कटानमुछान गर्नुपर्नेमा त्यसो नगरी आफैंले गर्दा २० लाख रुपैयाँ पनि दायाँबायाँ गर्न सकिने र पछि काठ समेत गोप्य सूचनाका आधारमा बिक्री वितरण गर्ने मनसायले यतिबेला कटानमुछान तीव्र पारिएको छ ।
रङपुर साझेदारी वनका एक पूर्व अध्यक्षका अनुसार यसरी काम गर्नु सरासर गलत हो । उनका अनुसार अमानतमा समितिले आफैं काम गर्दाखेरि त्यसमा विभिन्न समस्या हुने भएकाले यसभन्दा पहिला समेत कटान मुछानका लागि राष्ट्रिय दैनिक पत्रिकामा सूचना निकालेर कटानमुछानको काम हुँदै आएकोमा यसपटक वन कर्मचारीको मिलोमतोमा मनोमानी भएको हो । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत राम केवल राय यादवले प्रदेश सरकारको पत्रका आधारमा डिभिजन वन कार्यालय रौतहटले रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहलाई अमानतमा काम गर्नका लागि पत्र दिएपछि कटानमुछानको काम तीब्र पारिएको हो ।
रङ्गपुर साझेदारी वन व्यवस्थापन समूह गठन गर्ने बेलामा वन कर्मचारीको मिलोमतोमा गोप्य रुपमा लुकाएर समिति गठन गरिएको र समिति गठन हुन नपाउँदै समितिले धमाधम कुनियत राखेर काठ कटान मुछान गर्नु राम्रो नभएको स्थानीय बासिन्दाले बताएका छन् । यस विषयमा आफूहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने तयारी गरिरहेको एक स्थानीय उपभोक्ताले जानकारी दिए ।
रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहले आफ्नो वन क्षेत्रमा रहेका ३३९ वटा विभिन्न प्रजातिका रुख कटानमुछान गर्ने आदेश पाएको छ । जसमा ३३० वटा साल जातका रुखहरू रहेका छन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा, चन्द्रनिगापुर सब डिभिजन कार्यालयका प्रमुख राम केवल राय र साझेदारी वन व्यवस्थापन समूहका पदाधिकारीको मिलो महत्वमा गैरकानुनी भइरहेको स्थानीयले बताएका छन् । नियम विपरीत कटान मुछान भएको भन्दै स्थानीय उपभोक्ताहरूले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दिने तयारी गरिरहेको बताइएको छ। साे विषयमा रङ्गपुर साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष अशोक यादवसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । अहिले रङ्गपुर साझेदारी वन व्यवस्थापन समितिको मातहतमा रहेको जङ्गलमा, इसकाभेटर, टिफर, पिकअप, र ट्रेक्टरको प्रयोग गरेर दनादन रुख कटान मुछान हुने काम भइरहेको छ।
डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा शैलेन्द्रकुमार मिश्र कार्यालय प्रमुख भएर आएदेखि नै वनमा विभिन्न वितण्डाहरु भइरहेको छ । मिश्रा पैसा कमाउने नियतले नै सम्बन्धित मन्त्रीलाई कुष्ट पैसा बुझाएर डिभिजन वन कार्यालय रौतहटमा आएकाले उनले रौतहटको वन जोगाउने भन्दा विनाश गर्ने तर्फ अग्रसर भइरहेको स्वयं वन कर्मचारीहरूको भनाइ रहेको छ ।