काठमाडौं। जोन्टा अन्तर्राष्ट्रिय रोज दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले नेपालका विभिन्न क्षेत्रमा प्रेरणादायक र साहसी महिलाहरुको योगदान र उपलब्धीलाई सम्मान गरेको छ ।
महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य लगायताका क्षेत्रमा सुधार गर्न महिला सशक्तिकरणको काम गरिरहेको जोन्टा क्लब अफ काठमाडौंले सो सम्मान गरेको हो । स्थानीय तथा राष्ट्रिय स्तरका महिला हिंसा र भेदभाव सम्बन्धी विभिन्न विषयहरुमा जागरुक गर्न निरन्तर लागि रहेको जोन्टा क्लबले समाजमा परिवर्तन ल्याउनका साथै अन्य महिलाहरुको जीवनमा प्रभाव पर्ने कार्यमा लागि परेका विभिन्न क्षेत्रका महिलाहरुलाई सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा ‘द प्रिन्शेस हेलेन शाह इन्स्पिरेस्नल उमन अफ द इयर अवार्ड २०१९’बाट पदमशना शाक्य सम्मानित गरिएको छ । उनलाई सम्मान स्वरुप १ लाख प्रदान गरिएको छ । त्यसैगरी ‘अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९’ सहित १ लाख नगदबाट बसन्ती प्रधान सम्मानित भएकी छिन् । त्यसैगरी, ‘अमर राना उमन इन फ्लोरिकल्चर अवार्ड २०१९’बाट श्रेया पोखरेल र ‘ज्योति स्कलरसिप अवार्ड २०१९ फर योङ्ग उमन इन पब्लिक अफियर्स’बाट प्रतिक्षा गुरुङ सम्मानित भएका छन् । दुवैलाई नगद २५/२५ हजार नगद सहित सम्मान गरिएको जोन्टा क्लबले जनाएको छ ।
साथै यस वर्ष जोन्टा क्लब अफ काठमाडौंले हालसम्म महिलाहरु अपरिचित रहेको क्षेत्रमा योगदान पुयाउने ४ जना महिलालाई पनि सम्मान गरेको छ । जसमाः मुना घिमिरे जसले लगातार २० वर्षदेखि हेभ्भी मेसिन इक्यूप्मेन्ट (डोजर) चलाईरहेकी छिन् ।
निर्मला महर्जन जो नेपालकी पहिलो महिला बडि बिल्डर हुन् । राम माया तामाङ जो निरन्तर महिला मेसनको रुपमा कार्यरत छिन् । दिक्षा श्रेष्ठ महिला मोटरसाईकल रेसर र स्टन्ट राइडर बन्ने सपना पूरा गर्न सफल भइसकेकी छिन् । उक्त अवार्डलाई नबिल बैंकले सपोर्ट गर्नुका साथै प्रत्येक ४ जना सम्मानित महिलालाई २५ हजार प्रदान गरेको छ ।