स्याङजा । वालिङ नगरपालिका-१० पाठेखोलाबाट विभिन्न हातहतियारसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू सोही ठाउँ बस्ने ५३ वर्षीय बरूण गैरे र सोही नगरपालिका-९ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई एकनाले भरूवा बन्दुक १ थान, सोही बन्दुकको गोली ९ राउण्ड, छर्रा, बारूद १ वट्टा र हसिया १ थानसहित फेला पारी पक्राउ गरेको हो ।