काठमाडौं। कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
सोमबार संघीय संसद्ले बनाउन बाँकी १५१ भन्दा बढी कानुन यथाशीघ्र निर्माणका लागि संकल्प प्रस्ताव दर्ता गरिएको हो ।
संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणका लागि भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको हो ।
दर्ता भएको प्रस्तावको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल थापा (पार्वती) र समर्थकमा आठजना सदस्यहरू रहेका छन् ।