एजेन्सी । अनलाइन स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले नयनताराको तमिल फिल्म ‘अन्नपूर्णीः द देवी अफ फुड’ लाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । यो फिल्मले हिन्दू धार्मिक भावनामा चोट पुर्याएको भन्दै विवाद भएको थियो ।
नेटफ्लिक्सले तमिल फिल्म ‘अन्नपूर्णीः द देवी अफ फुड’ हटाएको जनाएको छ ।
यस फिल्ममा नयनताराले शेफ बन्न चाहने ब्राह्मण महिलाको भूमिका निभाएकी छिन् । यस फिल्ममा उनको चरित्रले परिवारको धार्मिक आस्थाविपरीत मासु खान र पकाउने तरिका सिकेको देखाइएको छ ।
ब्राह्मण समुदायको ठूलो वर्गले आफ्नो मान्यता अनुसार मांसाहारी खाना नखाने जनविश्वास छ ।
केही कट्टरपन्थी हिन्दू सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूले यो र फिल्मका केही दृश्यहरूमा आपत्ति जनाएका थिए। फिल्ममा एउटा दृश्य पनि छ जसमा नयनताराको चरित्र बिरयानी बनाउनुअघि नमाज पढिरहेको देखाइएको छ ।