काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको निक्षेप संंकलन उपकरण बिक्री गर्ने भएको छ ।
राष्ट्र बैकका अनुसार मंसिर १२ गते अर्थात आज मंगलबार अपरान्ह दुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
परिपक्व हुुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर १९ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।