काठमाडौं– नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पदस्थापन गरिएको छ ।
गृह मन्त्रालयको गत मंसिर ५ गतेको निर्णयबाट प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा बढुवा भएकालाई बिहीबार विभिन्न कार्यालयमा पदस्थापन गरिएको हो ।
प्रहरी वरिष्ठ उपरीक्षकमा वसन्त रजौरे, रविकुमार पौडेल, नवीनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गरिएको थियो ।
![](https://i0.wp.com/www.khabarhub.com/wp-content/uploads/2023/11/111.jpg?resize=720%2C1015&ssl=1)