सिरहा । आफुमाथि लागेको मिटरब्याजी आरोपको व्यवसायी महेस साहले खण्डन गरेका छन् ।
गोलबजार र धनगढीमाई नगरपालिकामा दुई वटा राईस मिल सञ्चालन गरिरहेका सफल व्यवसायी साहलाई काठमाडौंबाट सञ्चालित दैनिक समाज नामको न्युज पोर्टलले ‘एक करोडको साप्ताहिक ब्याज ५ लाखसम्म लिएको आरोप’ लगाएको थियो ।
व्यवसायी साह भन्छन्, ‘ममाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिन्छु । मैले गरिरहेको कारोबार कानूनसम्बत् छ, मैले कारोबार गरिरहेको बैँकका म्यानेजरदेखि अन्य व्यवसायीलाई समेत सोध्दा त्याे थाहा हुन्छ ।’
मेरो चरित्र हत्या हुनेगरि समाचार लेख्ने अनलाईनलाई आरोप पुष्टि गर्न चुनौती दिन्छु, मबाट को, कहाँ ? कहिले ? पिडित भए ? कस्को उजुरीले यस्तो नचाहिँदो समाचार लेखियो ? समाचार लेख्दा सम्बन्धित पक्षको किन भनाई समेटिएन ?
तत्काल माफि मागेर समाचार हटाउन आग्रह गर्दछु, अन्यथा कानूनबमोजिम अगाडि बढ्न बाध्य हुनेछु ।’ व्यवसायी साहले विज्ञप्ती निकाल्दै सो समाचारको खण्डन गरेका छन । साथै जनतापाटीसँग थप कुरा गर्दै उनले कानुनी उपचारको लागि अगाडि बढ्ने पनि बताएका छन् ।
साहद्वारा जारी गरिएको विज्ञप्ती ।
![mahesh shah statement1700657783.jpeg](https://www.janatapati.com/uploads/posts/mahesh shah statement1700657783.jpeg)