काठमाडौं। शौर्य सिमेन्ट इण्डष्ट्रिज लि।ले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेश लाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् ।
प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुनेछ ।
पहिलो चरणमा सहभगि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट र फेसबुक पेजको क्यू आर कोड स्क्यान गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी ह्वाटस्एप नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सकिनेछ । यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/नपामार्फत् बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने छ ।
फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागीमध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिनेछन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भास मा कोर्नुपर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ ।
अन्तिम चरणका लागि ७५ सहभागीमध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिनेछन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनुपर्ने हुन्छ । उनीहरुले बनाएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।
यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार, तेस्रो स्थान प्राप्त गर्नेलाई २५ हजारका साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई ५ हजार रुपैयाँ उपलब्ध गराईने छ ।