मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • कर्णालीमा ३८ प्रतिशत नागरिक साधारण लेखपढबाटै बन्चित
कर्णालीमा ३८ प्रतिशत नागरिक साधारण लेखपढबाटै बन्चित
जनतापाटी
जनतापाटी मंगलबार, असोज २, २०८० मा प्रकाशित
viber sharing button
कर्णालीमा ३८ प्रतिशत नागरिक साधारण लेखपढबाटै बन्चित

सुर्खेत। कर्णाली प्रदेशलाई पूर्ण रुपमा साक्षार बनाउनका लागि सरकार थालेको अभियान अझै प्रभावकारी हुन सकेको छैन । साक्षार जिल्ला घोषणा गरेकै ठाउँमा समेत निरक्षरको संख्या रहेको पाइएपछि प्रभावकारी नभएको पाइएको छ ।

कर्णालीलाई साक्षार प्रदेश घोषणाका लागि तयारी थालिरहँदा घोषण गरेका जिल्लाको शैक्षिक अवस्था कमजोर रहेको रुपमा घोषण भएपनि त्यहाँको अवस्थासमेत सन्तोषजनक नभएको  पाइएको हो । जाजरकोट, दैलेख, सुर्खेत, सल्यान र रूकुम–पश्चिम साक्षार घोषण गरिएको छ । कालीकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा घोषणा हुन बाँकी रहेका छन्  । साक्षार घोषणा गर्न बाँकी क्षेत्रका जिल्लामा स्थानीय तहमार्फत साक्षार अभियानको सुरुवात गरिएको सरकारले बताउदै आएको छ  । 

कर्णाली सरकारको तथ्यांकअनुसार प्रदेशमा झन्डै साढे चार लाख नागरिक अहिले पनि निरक्षर छन् । यहाँको साक्षारता दर ६२ प्रतिशत हाराहारी छ । कर्णालीका ३८ प्रतिशत नागरिक साधारण लेखपढ समेत नभएको पाइएको छ । १५ वर्षदेखि सुस्ताएको साक्षारता अभियान पूनः सञ्चालन गर्न लागिएको हो । 

मुगुको छायाँनाथ रारा, जुम्लाको गुठिचौरमा साक्षारता अभियान सञ्चालन हुन लागेको छ । चालु आवमा पालिकाले भने बजेट विनियोजन गरेको छैन । संघ र प्रदेशले आवश्यकताका आधारमा पठाएको बजेटको परिधिमा रहेर अभियान सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएका छन् । रास्कोट नगरपालिका कालीकोट पनि पूर्ण साक्षार नभएको पालिकामा पर्छ । नगरप्रमुख धर्मराज शाहीले एक वर्षमा पालिकालाई पूर्ण साक्षार घोषणा गर्नेगरी तयारीमा जुटेको जानकारी दिए । उनका अनुसार पालिकाले निरक्षरको तथ्याङ्क संकलन गरिरहेको छ । त्यसलगत्तै पालिकाले साक्षारता अभियान सञ्चालन गर्ने योजना बनाएको छ । उक्त नगरपालिकामा करिब २२ प्रतिशत नागरिक अझै निरक्षर छन् । 

डोल्पाको मुड्केचुला गाउँपालिकाले भने पालिकालाई पूर्ण साक्षार घोषणा गर्नका लागि सबै प्रक्रिया सम्पन्न गरेको छ । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षार भएकाले पालिकालाई साक्षार घोषणा गर्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए । साक्षार घोषणा गर्ने आधार तयार भएकाले पालिकालाई साक्षार घोषणा गर्न लागिएको उनले बताए । 

कर्णालीलाई सारक्षर बनाउनका लागि तीन तहका सरकारको भूमिका महत्वपुर्ण रहेको सरोकारवाला निकायहरु बताउँदै आएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका सबै ठाउँमा साक्षार बनाउका लागि पहल व्यापक रुपमा थालिएको बताए । एक वर्ष भित्र हामी लक्ष्यमा पुग्छौँ शर्माले भने । 

तीन तहका सरकारको समन्वयमा कर्णाली प्रदेशलाई साक्षार घोषणा गरिने उनको भनाइ छ । स्थानीय तहले चाहेको खण्डमा यो वर्ष नै साक्षार जिल्ला घोषणा गर्न सकिने अवस्था रहेको भन्दै पालिकालाई तयारीमा जुट्न मुख्यमन्त्री शर्माले आग्रह गरेका छन् । उनले भने, ‘यहि वर्ष साक्षार प्रदेश घोषणा हुन्छ । त्यसको तयारीमा लाग्नुपर्ने हुन्छ । प्रदेश सरकारले पनि साही बमोजिम कार्यक्रम अघि बढाउँछ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले संघीय सरकारको नीति तथा कार्यक्रममा साक्षारता अभियानलाई समेटिएको जानकारी दिए । उनका अनुसार संघीय सरकारले यो वर्ष नै बाँकी रहेका प्रदेशलाई पूर्ण साक्षार गर्नेगरी कार्ययोजना निर्माण गरेको छ । कर्णालीका २७ वटा पालिका साक्षार घोषणा हुन बाँकी रहेकाले निरक्षरहरूको तथ्याङ्क संकलनको मुख्य जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने उनले बताए । 

निरक्षरहरूको तथ्याङ्क संकलन, निरक्षरहरूको तथ्याङ्क विष्लेषण पहिचान, सम्बन्धित् स्थानमा सरोकारवालाहरूको बैठक, सहजकर्ताहरूको नियुक्ति तथा तालिम, मुल्याङ्कन तथा साक्षार सुनिश्चितता र साक्षार घोषणा गर्ने मिति तयार गर्ने जस्ता कार्ययोजना निर्माण गरिएको हो ।

साविक कर्णालीका पाँच जिल्लाका ३६ पालिकामध्ये २७ पालिका साक्षार घोषणा हुन बाँकी छन् । मुुगुुका चार, जुुम्लाका आठ, कालीकोटका आठ, हुुम्लाको एक, डोल्पाका ६ गरी २७ पालिका साक्षार घोषणा भएका छैनन् । स्थानीय सरकारहरूले कार्ययोजना निर्माण गरेर साक्षारता अभियानको सुरुवात गरेका हुन् । 

संघीयताको कार्यनवयनसँगै यो अभियान ओझेलमा परेको थियो । साक्षार घोषणा हुन बाँकी सबै स्थानीय तहका जनप्रतिनिधिहरूले एक वर्षमा पालिकालाई साक्षार घोषणा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

‘साक्षार घोषण भएका जिल्लामा समेत निरक्षरको संख्य बढी रहेको पालिकाले नै जनाएका छन् । साक्षार घोषण कसरी भएको हो, यहाँ प्रश्न उठिरहेको छ,’ जुनिचाँदे गाउँपालिकाका रेशम खड्काले प्रश्न गरे । 

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
विद्यार्थीको क्षमता विकास गर्न भैरहवामा नाैलाे कार्यक्रम
विश्वमा त्रिविको स्तर घटेपछि त्रिविले सार्वजनिक गर्यो आफ्नो धारणा
सरुवापछि अलपत्र शिक्षक पासवानको न्यायका लागि तात्यो सामाजिक संजाल
भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
हिरासत कक्षमा पुस्तकालय स्थापना
पढ्नलाई उमेरले छेकेन
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.