मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
विश्व
  • गृहपृष्ठ
  • खाद्यान्न ओसार्ने दुई जहाज युक्रेनी बन्दरगाहमा, इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्ने
खाद्यान्न ओसार्ने दुई जहाज युक्रेनी बन्दरगाहमा, इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्ने
जनतापाटी
जनतापाटी आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
viber sharing button
खाद्यान्न ओसार्ने दुई जहाज युक्रेनी बन्दरगाहमा, इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्ने

काठमाडाैं । खाद्यान्न ओसार्ने दुई वटा मालवाहक पानीजहाज नयाँ मार्ग प्रयोग गरेर ब्ल्याक सी हुँदै युक्रेनी बन्दरगाह चोरनोमोर्सक पुगेका छन् । 

युक्रेनी बन्दरगाह अधिकारीहरूका अनुसार टापु राष्ट्र पलाउको झण्डा फहराउँदै बन्दरगाह पुगेका ती जहाजका चालक दलका सदस्यमा युक्रेन, टर्की, अजरबैजान र इजिप्टका नागरिक छन् । यी जहाजले इजिप्ट र इजरायलमा २० हजार टन गहुँ ढुवानी गर्नेछन् । युक्रेन सूर्यमुखी तेल, जौ, मकै र गहुँ आपूर्ति गर्ने विश्वको सबैभन्दा ठूलो देश हो । 

टर्कीएको मध्यस्थता एवं संयुक्त राष्ट्रसङ्घको समन्वयमा युक्रेन र रुसबीच ब्ल्याक सीबाट अन्न आपूर्ति गर्ने सम्झौतालाई दुई महिनाअघि रुसले एकतर्फीरूपमा समाप्त भएको घोषणा गरेपछि स्वतन्त्ररूपमा नागरिक जहाज युक्रेनी बन्दरगाहमा पुगेको यो पहिलो पटक हो । पहिले यो बाटो युक्रेनबाट प्रस्थान गर्ने जहाजहरूले मात्र प्रयोग गर्दै आएका थिए । ब्ल्याक सीको तटबाट किएभले नयाँ मार्गमा जहाज सञ्चालनलाई प्राथमिकता दिएको छ । 

पश्चिामा मुलुकले लादेको प्रतिबन्धका कारण आफ्नो खाद्यान्न र मल निर्यात प्रभावित भएको मस्कोले गुनासो गरेको छ । साथै युक्रेन जाने जहाजमाथि सैन्य कारबाही गर्ने धम्की दिएको छ । गत साताको प्रारम्भमा ओडेसाको युक्रेनी बन्दरगाहमा रोकिएका जहाजलाई लक्ष्य गरी रुसले आक्रमण गरेको आरोप बेलायतले लगाएको छ । 

करिब २० महिनाअघि रुसले युक्रेनमा आक्रमण गरेपछि निर्यातका निम्ति तयारी अवस्थामा राखिएको दुई करोड टन अन्न विश्व बजारमा पुर्‍याउन कठिन भएको थियो । पर्याप्त मात्रामा उक्त अनाज निर्यात नहुँदा संसारभर खाद्यान्नको मूल्य बढ्यो भने मध्यपूर्वी र अफ्रिकी देशहरूमा अभाव सृजना भयो । युक्रेन युद्धबाट अफगानिस्तान, यमन, सुडान र इथियोपिया लगायतका यी केही देशमा परिचालन गरिने मानवीय सहायताका कार्यक्रम पनि प्रभावित भएका छन् । 

मस्कोले युक्रेनी बन्दरगाह पूर्वाधारलाई आक्रमाणको निशाना बनाउँदै आएको छ । उसले इज्मेल र रेनीको बन्दरगाहमा बारम्बार आक्रमण गरेको छ । विश्वव्यापी खाद्य सुरक्षालाई कमजोर पार्ने उद्देश्यका साथ मस्कोले अन्न निर्यात हुने स्थानमा आक्रमण गरेको आरोप किएभले लगाएको छ । लामो समयदेखिको खडेरीका कारण केन्यालगायत अफ्रिकी मुलुकमा खाद्यान्नको चरम अभाव हुन नदिन रुसले युक्रेनी अन्न निर्यातमा अवरोध गर्न नहुनेमा केही रुसी अधिकारीहरूले जोड दिएका छन् । 

viber sharing button
जनतापाटीबाट थप
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत बिहीबार, पुस १७, २०२६
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
थाइल्याण्डकाे मलमा अन्धाधुन्ध गोली चलाउने किशाेर पक्राउ
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
सट डाउन विवादले अमेरिकी सभामुख पदमुक्त
बैंककको व्यापारिक केन्द्रमा गोली चल्दा एक व्यक्तिको मृत्यु, छ जना घाइते
‘दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा’
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.