मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
अपराध
  • गृहपृष्ठ
  • रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
जनतापाटी
जनतापाटी शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
viber sharing button
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बारा । कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् ।

सन् १९९० मा गौर नगरपालिका–८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी तीन सय ८१ कैदीबनदी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिए ।

उनका अनुसार एक सय ८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा एक सय ७१ पुरुष, चार महिला, दुई बालबालिका गरी जम्मा तीन सय ८१ कैदीबन्दी रहेका छन् । कारागारको छत माथि जस्तापाताले छाएको टहरा निर्माण गरी ७६ कैदीबन्दीलाई राखिएको प्रमुख शाहले जानकारी दिए । उनका अनुसार कारागारमा किचन, बरन्डा, भर्याङमा समेत कैदीबन्दीलाई राखिएको छ । 

शौचालय जानदेखि नुहाउनसमेत कठिन हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासो गरे । “कर्तव्य ज्यान मुद्दाका एक महिला जो सात महिनाको गर्भवती हुनुहुन्छ उहाँलाई झनै कठिनाइको सामना गर्नुपरेको छ”, कर्तव्य ज्यान मुद्दाका कैदी विष्णु रायले भने । ठाउँको अभावका कारण राति सुत्न निकै समस्या हुने गरेको उनीहरुको गुनासो छ । 

दिनमा जसोतसो समय कटिन्छ तर रातमा समय काट्न निकै अप्ठ्यारोको सामना गर्नुपर्ने चौकीदार मनोजकुमार बैठाले सुनाए । जुनसुकैबेला जीर्ण भवन भत्किने सम्भावना रहेकाले त्रासमा रात बिताउने गरेको उनको भनाइ थियो । “भवन निकै पुरानो भएकाले बर्खायाममा चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नुजस्ता समस्याका गुनासो पटकपटक कैदीबन्दीले मलाई भन्ने गरेका छन्”, कारागार प्रमुख शाहले भने, “हामीले मातहतका माथिल्लो निकायमा उनीहरुको पीडाका बारेमा जानकारी गराएका छौँ ।”

कारागारको चारैतिरको पर्खाल जीर्ण भएको, ठाउँठाउँमा चर्चेको, बाङ्गो भएकाले भवन भत्कने सम्भावना उत्तिकै रहेको भन्दै तत्कल पर्खालको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताए । पर्खाल ठूलो नहुनुले पनि जोखिमको समना गर्नुपर्ने उनको भनाइ थियो ।  

“भेटघाट कक्ष र फोन गर्ने ठाउँ साँघुरो छ । ढल निकासाको उचित व्यवस्था नहुँदा समस्या भइरहेको छ । ढलको निकास, भेटघाट र फोन गर्ने ठाउँलाई फराकिलो पार्ने कामका लागि प्रयासरत रहे पनि बजेट अभावका कारण गर्न सकिएको छैन”, जेलर शाहले भने । सडकको  सतह र जेलको कम्पाउन्डको उचाइ उस्तैउस्तै भएकाले कहिलेकाँही कैदीले हाम फालेर भाग्ने कोसिस समेत गर्ने गरेका उनले बताए ।

बाँकेमा कारागार निर्माण भइसकेको, नुवाकोटमा निमार्णाधीन अवस्थामा रहेकाले ती कारागार निर्माण सम्पन्न भएपछि क्षमताभन्दा बढी कैदी रहेका ठाउँका कैदीलाई सारिने गृह मन्त्रलयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । कतिपय ठाउँमा पुरानै भवनमा कैदी बसिरहेका भए पनि त्यसलाई पुनःनिर्माण गर्ने कामको थालिएको उनले बताए । “आफूलाई सहज हुने ठाउँ कैदीले रोज्ने, बाहिर जान नमान्नेलगायत कारणले पनि गौर कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको हो”, प्रवक्ता शर्माले भने । 

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित अमेरिकी नागरिक पक्राउ
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
बलात्कार आराेपमा एकजना पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.