मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
खेलकुद
  • गृहपृष्ठ
  • तीजको अवसरमा विश्व कीर्तिमानी कल्पनाले गराइन् क्लाइम्बिङ
तीजको अवसरमा विश्व कीर्तिमानी कल्पनाले गराइन् क्लाइम्बिङ
जनतापाटी
जनतापाटी मंगलबार, भदौ २६, २०८० मा प्रकाशित
viber sharing button
तीजको अवसरमा विश्व कीर्तिमानी कल्पनाले गराइन् क्लाइम्बिङ

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई क्लाइम्बिङ.गराएकी छिन् । काठमाडाैंको धुम्बाराहीमा रहेको पासाङ ल्हामु  स्पोटर्स क्लाइम्बिङमा कल्पनाले तीजको अवसरमा विभिन्न विधाका व्यक्तिहरुलाई सहभागी गरएकी हुन् । 

संस्कृति र साहस सँगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथसाथै तीजको गीतमा नाचेर रमाइलो पनि गरेका थिए । 

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल सुरु गरिएको कल्पनाले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको उनले जनाइन् ।

माउन्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रममा सफल महिला समूहका महिला दिदीबहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाइबहिनीहरु सहभागी भएका थिए । सहभागीहरुले क्लाईम्बिडको अनुभव लिनुका साथै रमाइलो गरेर तीज मनाएका थिए । 
नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यत्रमाको नाम नै तीज अन द वाल राखिएको जनाइएको छ । 

आरोही कल्पना महर्जनले विगत केही वर्षदेखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिँदै आइरहेकी छिन् ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
एसियाडमा नेपाली कबड्डीलाई कास्य पदक
भारतसँग पराजित भएपछि ओलीले भने- ‘हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ’
प्रतिस्पर्धात्मक खेलमा नेपाल भारतसँग २३ रनले पराजित
भारतले दियो नेपाललाई दुई सय तीन रनको लक्ष्य
एसियाड क्रिकेटः नेपाल र भारत बिचमा प्रतिस्पर्धा हुदैँ
विमल एनएसएल खेल्न नेपाल फर्किने
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.