मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
मनोरञ्जन
  • गृहपृष्ठ
  • गोदावरीमा जेट्शन डोना लामाको कन्सर्ट
गोदावरीमा जेट्शन डोना लामाको कन्सर्ट
जनतापाटी
जनतापाटी आइतबार, भदौ २४, २०८० मा प्रकाशित
viber sharing button
गोदावरीमा जेट्शन डोना लामाको कन्सर्ट

काठमाडौं। भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामाले आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने भएकी छन् ।

साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि हुनेछ ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए । 
‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन ।

यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।

मिलनले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरु गाउनेछिन्’, मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुशीको कुरा भएको बताए ।  

आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।

viber sharing button
जनतापाटीबाट थप
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
अनमोलमाथि प्रदीपको पूर्वाग्रहयुक्त प्रतिक्रिया - सुहागरातपछि बेहुली मन परेन भनेर फिर्ता गर्न मिल्छ?
लक्की फिल्मी अवार्डका उत्कृष्ट पाँचको मनोनयन
अनमोल केसी हिरासतमुक्त
अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
अनमोल केसी नर्भिकमा भर्ना
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.