मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • लुम्बिनी प्रवेशद्वार सौन्दर्यीकरण गर्दै आर्टिष्ट संघ
लुम्बिनी प्रवेशद्वार सौन्दर्यीकरण गर्दै आर्टिष्ट संघ
जनतापाटी
जनतापाटी आइतबार, भदौ ३, २०८० मा प्रकाशित
viber sharing button
लुम्बिनी प्रवेशद्वार सौन्दर्यीकरण गर्दै आर्टिष्ट संघ

भैरहवा । लुम्बिनीको प्रवेशद्वार भैरहवाको लुम्बिनी गेटलाई युवा आर्टिष्टहरुले सौन्दर्यीकरणको जिम्मा लिएका छन । २०६६ सालमा बनेको प्रवेशद्वारलाई मनमोहक र हराभरा बनाउनका लागि नेपाल कमर्शीयल आर्टिष्ट संघ जिल्ला कार्य समितिले पुष्पबाटिका निर्माणका लागि पुष्परोपण गरी यसको संरक्षण गर्ने जिम्मा लिएको हो । 

घासे मैदानको रुप लिएको गेट वरपरको क्षेत्रलाई सफा गरी युवाहरुले नगरको सुन्दरताको परिचय दिने गरी गेट वरपरको क्षेत्र सरसफाई गरी मनमोहक गराउन पार्कमा फुलका विरुवाहरु रोपिएको जिल्ला कार्य समितिका अध्यक्ष उज्जवल कुमार दे कास्थले बताए । 

सिद्धार्थनगर नगरपालिकाकी उप्रप्रमुख उमा अधिकारीले नगरपालिकाकोे ग्रिन सिटी क्लीन सिटी अभियान संचालन भइरहेको बेला आर्टिष्ट युवाहरुले अभियानलाई थप सार्थक बनाउन आफ्नै लगानीमा सौन्दर्यीकरणको काम गर्नु प्रशंसनीय रहेको बताए । उनले नगरभरि आर्टिष्टहरुले आफ्नो कला, शीप र प्रतिभाको प्रयोग गर्दै निर्माण गरेको मायाको चिनो प्रयोगमा ल्याए कलाकारहरुको कलाले मुर्त रुप लिने बताइन् । दैनिक थुप्रै कार्यक्रमहरु यहाँ हुन्छन यसमा हामीले स्थानीय कलकारहरुको उत्पादन प्रयोग गर्न सके आर्थिक रुपमा पनि कलाकारहरु सबल हुने र कलाको प्रदर्शन हुने उनले बताइन् । उनले नेपाललाई चिनाउने कला ओझेलमा परेको बताउदै कलाकारहरुले नै विभिन्न निकायको सहयोगमा विद्यालय स्तरबाट पनि प्रशिक्षणहरु दिनु पर्ने बताउदै यसमा नगरपालिकाले पनि सहाकार्य गर्न तयार रहेको बताइन् । 

कार्यक्रममा बोल्दै भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले राजनितिक दलको समति र सडक विभागको मापदण्ड अनुसार बनेको लुम्बिनीको पहिचान झल्किने गेट लुम्बिनी जाने बाटो भन्ने चिनाउनका लागि नै बनाएको बताए । दीर्घकालिन सोच राखेर युवाहरुले गरेको यो प्रयास धेरै राम्रो रहेकोले यसलाई निरन्तरता दिदै संरक्षण र सम्बद्र्धनमा पनि ध्यान दिन आग्रह गरे । 

सो अवसरमा बोल्दै लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले सुन्दर, पर्यटकीय र बुद्धको नगरी भैरहवामा आर्टिष्टहरुले  प्रशंसनिय योग्य काम गरेको बताइन् । राम्रो सोचका साथ संरक्षक रुपमा रहेकर प्रवेशद्वारलाई सौन्दर्यीकरण मात्रै होइन यस्को संरक्षण र सम्बद्र्धनमा अपनत्व लिने काम अर्टिष्ट संघले गरेको बताइन् । 

संघमा आवद्ध कलाकारहरु स्वतस्फुर्त रुपमा नगरको पहिचानलाई सौन्दर्यीकरण गर्नुपर्छ भन्ने मान्यता राख्दै विगत २ साता देखि सरसफाई र गोडमेलमा लागेको संघका कोषाध्यक्ष विसन गुरुङले बताए । गेट वरपरको ग्रिनरी जोन हामीले सफा गरी आकर्षक गराउन कार्पेट ग्रास, फुलका विरुवा र बाह्रमासी फुलहरु रोपण गरेका छौ, यसलााई रोपेर मात्रै हाम्रो दायित्व पुरा नभएकोले यसको संरक्षणका लागि पनि नियमित रुपमा संघ लाग्ने प्रतिबद्धता जनाए । 

आर्टिष्टहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरुले हकहीत, पहिचान, संरक्षण र सम्मानका लागि  संघको गठन गरेका हुन । आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको छ । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले बताए । 

रुपन्देहीमा मात्रै सय बढि कला व्यवसायीहरु रहेका छन । यस संघ अन्तर्गत पेन्टिङ, बोर्ड, ब्यानर लेख्ने, डिजाइन गर्ने, थान्का पेन्टिङ, मिथिला आर्ट ग्लो साईनबोर्ड मूर्तिकला, चित्रकला, रबर–सेल्फ छाप, फ्लेक्स प्रिन्ट, मेटल इचिङ, मार्वल इचिङ (शिलालेख), डिजिटल बोर्ड, मेटल लेटर वक्र्स, स्टेज, स्टल डेकोरेशन ललितकला, ग्लास इचिङ, वाल पेन्टिङ, होर्डिङ बोर्ड, चित्राङ्कन, कार्टुन चित्र, छपाईसम्बन्धी कार्य गर्ने श्रमिक, टू–डी÷थ्री–डी बोर्ड, सिल्क आर्ट, काष्ठकला र हस्तकलालगायत व्यवसायीहरू छन ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.