मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
सुरक्षा
  • गृहपृष्ठ
  • प्रहरी सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, यस्ताे छ नयाँ ब्यवस्था
प्रहरी सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, यस्ताे छ नयाँ ब्यवस्था
जनतापाटी
जनतापाटी बुधबार, साउन ३१, २०८० मा प्रकाशित
viber sharing button
प्रहरी सरुवा, बढुवा र पदस्थापनमा मापदण्ड लागु, यस्ताे छ नयाँ ब्यवस्था

काठमाडौं । नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ।

“प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।

तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।

मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये 'क' र 'ख' श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।

पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्ड बमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ।

पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो। नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यभार सम्हाले देखि नै सुशासन र पारदर्शीतालाई महत्व दिँदै आएका छन् । 

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेस प्रदेशका सबै सिडिओसँग गृहमन्त्रीको समसामयिक सुरक्षा चुनौतीबारे छलफल
नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण
गृह मन्त्रालयले भन्यो - स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ
प्रधानसेनापति शर्मा भारत प्रस्थान
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.