मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, October 05, 2023 |बिहीबार, असोज १८, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • संगीत तथा नाट्य प्रतिष्ठानको भ्वाइस एण्ड स्पीच कार्यशाला
संगीत तथा नाट्य प्रतिष्ठानको भ्वाइस एण्ड स्पीच कार्यशाला
जनतापाटी
जनतापाटी मंगलबार, जेठ ३०, २०८० मा प्रकाशित
viber sharing button
संगीत तथा नाट्य प्रतिष्ठानको भ्वाइस एण्ड स्पीच कार्यशाला

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा ‘भ्वाइस एण्ड स्पीच’ कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशाला सोमबार सम्पन्न भएको हो । जेठ २६ गतेदेखि सञ्चालित कार्यशालामा नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण दिएका थिए । उनको सहायक प्रशिक्षकमा देव न्यौपाने थिए ।

प्रशिक्षक बरालले कलाकारमा सधैँ तटस्थ हुने र आफूलाई स्विकार्ने गुण हुनुपर्ने बताए । ‘तपाईंहरू सर्वप्रथम आफूलाई स्वीकार्नुस् । अग्लो, होचो, कालो, गोरो, दुब्लो, मोटो जस्तो हुनुहुन्छ, त्यो सबै तपाईं हो, यो कुरालाई स्विकार्नुस् । र, अन्य बाह्य वातावरणप्रति तटस्थ रहनुहोस्’, उनले भने ।

प्रतिष्ठानकी कुलपति निशा शर्माले प्रशिक्षार्थीहरूलाई निरन्तर साधनामा लाग्न सुझाव दिइन् । ‘अभिनय भनेको धेरै ठुलो कुरो होइन, तर तपाईंले महसुस र मनन गरेर पात्रको ठाउँमा आफूलाई राखेर आफूलाई विश्वास दिलाउन सक्नुपर्छ’, उनले भनिन् ।

कार्यशालामा करिब ४३ जना प्रशिक्षार्थीहरूलाई आवाज तथा भाषण कला (भ्वाइस एण्ड स्पीच) का बारेमा प्रशिक्षित गराइएको हो । सहभागी प्रशिक्षार्थीहरूले कार्यशालाबाट कलामा तटस्थताको महत्त्व, आफू तथा वातावरणको स्वीकार्यता, भाषण र प्रस्तुति कला, आवाजको अभ्यासलगायत थुप्रै ज्ञानहरू हासिल गरेको बताएका छन् ।

नेपाल नाट्य तथा संगीत प्रतिष्ठानले कलाका विभिन्न विधामा रूचि राख्नेहरूका लागि विभिन्न तालिम दिने उदेश्यले वार्षिक क्यालेन्डर बनाएरै यस्ता विभिन्न कार्यक्रमहरू गरिरहेको छ । यसअघि आफूले विभिन्न जिल्लामा गरेका प्रशिक्षण अनुभवका आधारमा काठमाडौँमा यो कार्यक्रमको आयोजन गरिएको कुलपति शर्माले बताइन् । यसै वर्ष कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भेगमा नाटक प्रशिक्षणलाई निरन्तरता दिनेसमेत उनले जानकारी दिइन् ।

viber sharing button
जनतापाटीबाट थप
बेगनास तालमा युवक मृत फेला
बेगनास तालमा युवक मृत फेला बिहीबार, पुस १७, २०२६
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ
धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चारजना पक्राउ बिहीबार, पुस १७, २०२६
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
गजल मुशायरामा गुञ्जिए राधा, मिलन र अनजान
आज मोती गजल मुशायरा हुने
मोती गजल मुशायरा २०८० हुँदै
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) बिमोचन
सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण
डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.