मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
स्वास्थ्य-जीवनशैली
  • गृहपृष्ठ
  • गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै
जनतापाटी
जनतापाटी शनिबार, जेठ २७, २०८० मा प्रकाशित
viber sharing button
गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्दै

जानकी (बाँके) । अत्यधिक गर्मीका कारण बाँकेमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । गर्मी बढे्सँगै यहाँका भेरी अस्पताल, राँझास्थित सर्पदंश उपचार केन्द्र र शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पछिल्लो समय सर्पदंशको उपचारका लागि आउने बिरामी बढ्न थालेका हुन् ।

दैलेखका माधव आचार्यलाई कोहलपुरमा वैशाख ३१ गते करेट नाम गरेको सर्पले टोकेपछि उनले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराए । रोजगारीका लागि भारत जानका लागि यहाँ आएका ३७ वर्षीय आचार्यलाई आफन्तको घरमा राति भुइँमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । अस्पतालमा १४ दिन आईसीयू र दुई दिन वार्डमा बसेर उनले उपचार गराएको उनका बुबा हेमलाल आचार्यले बताए ।

‘माधव खतरामुक्त भएर घर फर्किए पनि अझै हिँड्डुल गर्न गाह्रो हुने गरेको छ’, बुबा हेमलालले भने । उनका अनुसार माधवलाई अहिले पनि हातका औँला, हत्केला र पैताला जलन हुने गरेको छ ।

‘खतरामुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएर घर त आयौँ तर छोराको अवस्था भने सामान्य छैन’, आचार्यले भने, ‘माधव पहिलाको जस्तो सजिलै हिँड्डुल गर्न सक्दैन । जतिखेरै हातका औँला, हत्केला र पैताला पोलिरहेको छ मात्र भन्छ ।’

बुबा हेमलालका अनुसार माधवको जलन भएको ठाउँमा निरन्तर पानी पट्टि लगाउनुका साथै मसाज गरिरहनुपर्छ । सर्पले टोकेपछि उपचारका लागि रू एक लाख २० हजार खर्च भएको बुबा हेमलालले जानकारी दिए । भेरी अस्पतालमा उपचार गराउँदा भित्रबाट पाइने औषधि, आइसियु र वार्डको खर्चमा अस्पतालले छुट दिएको उनको भनाइ थियो ।

कामको सिलसिलामा बर्दियाको बाँसगढीमा इँटाभट्टामा काम गर्ने भारतीय नागरिक मोहम्मद हनिदलाई राति सुतिरहेको अवस्थामा करेट सर्पले टोकेको थियो । तेइस वर्षीय मोहम्मदलाई जेठ २० गते राति सर्पले टोकेको थियो ।

पाँच दिनको उपचारपश्चात् उनी बिहीबार निको भई घर जाएका छन् । मोहम्मदको पनि स्वाथ्य अवस्था सामान्य नभएको उनले काम गर्ने इँटाभट्टाका प्रमुख खगेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार मोहम्मदको बोलीमा स्पष्टता छैन भने हिँडाइमा पनि केही समस्या देखिएको छ ।

‘अस्पतालबाट डिस्चार्ज भएर मोहम्मद यहाँ आएको तीन दिन भयो । अस्पतालबाट आएदेखि उसको बोली सुस्त छ’, प्रमुख कँडेलले भने, ‘उसले अहिले पनि औषधि खाइरहेको छ ।’ उनका अनुसार मोहम्मदको उपचारमा ६२ हजार रुपैयाँ खर्च भएको छ ।

यही जेठ ८ गते नेपालगञ्ज उपमहानगरपालिका-२३ जङ्गलसिंङ पुरुवाका २२ वर्षीया सहजरानी यादवलाई कोब्रा नाम गरेको सर्पले टोकेको थियो । उनलाई दिउँसो धारामा पानी पिउन जाँदा सर्पले टोकेको थियो । सहजरानी १० दिनको उपचारपछि निको भई घर फर्किएका छन् । उनको उपचारमा ३५ हजार रुपैयाँ खर्च भएको परिवारले जनाएको छ । उनले अहिले पनि औषधि खाइरहेका उनका भाइले बताए ।

अत्यधिक गर्मीका कारण सर्पदंशका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट एनिस्थेसोलोजिस्ट डा. कृष्णप्रसाद आचार्यले बताए । उनका अनुसार वैशाखको अन्तिमदेखि सर्पदंशका बिरामी अस्पताल आउन थालेका हुन् । एक महिनाको अवधिमा तीनजना गम्भीर प्रकृतिका सर्पदंशका बिरामीलाई उपचार गरी डिस्चार्ज गरिएको डा आचार्यले बताए । उनका अनुसार गर्मी बढ्दै गर्दा विशेष गरी करेट र कोब्राले टोकेर विष लागेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

‘विषरहित सर्पले टोकेमा १० देखि १२ घन्टा विष लाग्छ कि भनेर निगरानीमा राख्छौँ । उक्त समयमा विष लागेको कुनै लक्षण नपाए घर फर्काउने गरेका छौँ’, डा आचार्यले भने, ‘विष लागेको अवस्थाका बिरामीलाई उनीहरुको स्वास्थ्य अवस्था हेरेर कम्तीमा दुई हप्तासम्म आइसियू र भेन्टिलेटरमा राखेर सुधार नहुँदासम्म उपचार गर्छौँ ।’ निगरानीमा राखिएका बिरामीलाई विष नलागेको भेटिएमा १२ घन्टापछि सर्पदंशबाट बच्ने उपाय सिकाएर घर पठाउने गरिएको उनको भनाइ छ ।

आठ वर्षदेखि सर्पदंशको क्षेत्रमा काम गर्दै आएका डा आचार्यले नेपालभरि नै सर्पदंशबाट कसरी बच्ने र सर्पदंश भइसकेको अवस्थामा उपचार कसरी गर्ने भनेर विभिन्न ठाउँमा स्वास्थ्यकर्मीलाई तालिम दिने गरेको बताए । उनले सर्पदंशबाट बच्नका लागि राति सुत्नुभन्दा पहिला बिस्तरा राम्री झारेर झूल टाँगेरमात्र सुत्ने, भुइँमा नसुत्ने, घर वरपर भएको जङ्गल वा झाडीलाई सफा बनाई राख्ने, सर्पको आहार कुखुरा भएको हुनाले राति कुखुरा कराएको सुनिएमा लाइट बालेरमात्र खोरको चेकजाँच गर्ने, घरमा मुसा छन् भने मुसालाई नियन्त्रण गर्नेलगायत भएको बताए ।

बाँकेको राँझास्थित सर्पदंश उपचार केन्द्रमा जेठमा मात्रै तीनजना सर्पदंशका बिरामी आएको स्वास्थ्य प्राविधिक राजन कुँवरले बताए । उनले विष लागेका दुईजनालाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पठाइएको जानकारी दिए । उनका अनुसार भेरी अस्पताल पठाइएकामा नेपालगञ्ज उपमहानगरपालिका-१९ मोहनपुरका मुनसिङ सार्की र डुडुवा गाउँपालिका–५ नानपुरकी सरिता लामिछाने मगर छन् ।

जानकी गाउँपालिका-६ का रमावती भाटालाई विषरहित सर्पले टोकेकाले उनलाई केन्द्रबाटै प्रारम्भिक उपचार गरी घर फर्काइएको स्वास्थ्य प्राविधिक कुँवरले बताए । उनका अनुसार गत वर्ष १० जना सर्पदंशका बिरामी उपचारका लागि केन्द्रमा आएका थिए । समुदाय र नेपाल आर्मीको सहकार्यमा स्थानीयलाई सर्पदशं सम्बन्धी उपचार गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको उनले बताए ।

त्यस्तै, बाँकेको शम्शेरगञ्जस्थित सर्पदंश उपचार केन्द्रमा पनि जेठमा दुई जना सर्पदंशका बिरामी उपचारका लागि आएको अहेव नन्दलाल पाण्डेले जानकारी दिए । उनका अनुसार बाँकेको राप्तिसोनारी गाउँपालिका-८ जिरो बजारकी पप्पीकुमारी बोहोरालाई सर्पले टोकेको थियो । ‘पप्पीलाई सर्पको विष लागेको कुनै लक्षण नदेखिए पछि १० घन्टाको निगरानीपछि सर्पबाट बच्ने उपाय सम्झाएर घर पठाएका हौँ’, उनले भने ।

सोही केन्द्रमा सर्पदंशको उपचार गर्न राप्तिसोनारी गाउँपालिका-१ कुसुमकी कमला वली जेठको २३ गते आएकी अहेव पाण्डेले बताइन् । उनका अनुसार वलीलाई विषालु सर्पले नटोकेकाले विष लागेको कुनै लक्षण नदेखिएपछि १० घन्टा निगरानीमा राखेपछि घर फर्काइएको थियो । पाण्डेका अनुसार अघिल्लो वर्ष वैशाखदेखि भदौसम्ममा ३५ जना सर्पदंशका बिरामी उपचारका लागि आएका थिए । गर्मी याममा बढी सर्पदंशका बिरामी आउने भन्दै यो सङ्ख्या अझै बढ्ने उनको भनाइ थियो । राँझा र शम्शेरगञ्जमा विषरहित बिरामीको उपचार गरिन्छ भने विष लागेका बिरामीलाई भेरी अस्पताल पठाउने गरिएको छ ।

viber sharing button
जनतापाटीबाट थप
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा
इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, पुस १७, २०२६
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट
सिजी इलेक्ट्रोनिक्सले ल्यायो एआई बेस च्याटवट बिहीबार, पुस १७, २०२६
नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
नेपाल पुनर्बिमा कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
हेर्नुहोस तपाईको आजको राशिफल
भारतले बनायो मलेरियाबिरुद्धकाे विश्वकाे दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
हेर्नुहोस तपाईको आजको राशिफल
सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर 
हेर्नुहोस तपाईको आजको राशिफल
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.