मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Wednesday, October 04, 2023 |बुधबार, असोज १७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
शिक्षा
  • गृहपृष्ठ
  • इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दिक्षित
इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दिक्षित
जनतापाटी
जनतापाटी मंगलबार, जेठ २३, २०८० मा प्रकाशित
viber sharing button
इन्जिनियरिङ विद्यार्थीहरू प्रिमाभेरामा दिक्षित

भक्तपुर - कलेजबाट नियमित पढाई सक्ने वित्तिकै बजारमा सेवा दिन विद्यार्थीहरूलाई तयार गर्ने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले यस वर्ष पनि प्रिमाभेरा सफ्टवेरको नवीनतम भर्सनको तालिम विषय विज्ञ इन्जिनियर सरोज धिमिरेको नेतृत्वमा सम्पन्न गरेको छ । कम्तीमा ७० प्रतिशत नियमित हाजिर भएका प्रशिक्षार्थीहरू मात्र दीक्षित हुने यस तालिम कार्यक्रममा यसवर्ष २१ जना प्रशिक्षार्थीहरू दिक्षित भएका छन् ।

कलेजको स्नातकोत्तर अध्ययन केन्द्रमा आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा कलेजको स्नातकोत्तर अध्ययन कार्यक्रमका निर्देशक तथा पेशागत इन्जिनियर प्रा.डा. तुसिताचाँदनी शाहीले आफूले प्राप्त गरेको सिपको सदुपयोग गरी पूर्वाधार विकासको निर्माण व्यवस्थापनमा भइरहेको कमजोरी न्यूनिकरण गर्न दिक्षित विद्यार्थीलाई सुझाए । विज्ञ इन्जिनियर सरोज धिमिरेले प्रिमाभेरा सफ्टवेर निर्माण क्षेत्रमा मात्र नभई अरू खालका आयोजनामा पनि प्रयोग हुने जनाए ।

यही कलेजबाट निर्माण व्यवस्थापनमा दिक्षत भइ देशभित्र र बाहिर विशिष्ट सेवा दिइरहेका इन्जिनियरिहरूको संख्या अहिलेसम्ममा लगभग पाँच सय नाघिसकेको जानकारी कलेजका प्राचार्य तथा पेशागत इन्जिनियर प्रा.डा. श्रेष्ठले जानकारी दिए । कार्यक्रममा दिक्षित विद्यार्थीहरूले तालिमबाट आफुले आर्जन गरेको सिपको अधिकतम सदुपयोग गर्ने वातावरण तयार भएमा नेपालमा भइरहेको पूर्वाधार निर्माण आयोजनाहरूको अवधि उल्लेखनीय रूपमा कम गर्न सकिने विश्वास दिलाए । त्यसो गर्न सकिए देशको निर्माण क्षेत्रले ठूलो समारात्मक गति लिने अभिव्यक्ति दिएका उनीहरुले दिएका थिए ।

मुनाफारहित सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विधिवत दर्ता गरी चागुनारायण नगरपालिकाको सार्वजनिक जमिनमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज उच्च प्राविधिक शैक्षिक क्षेत्रमा सर्वोत्कृष्ट रहेको छ । यही हप्ता मात्रै पनि नेपाल इन्जिनियरिङ परिषद्ले कलेजले लामो समयदेखि पाइरहेको स्थायी स्वीकृतिलाई निरन्तरता दिएको थियो ।


viber sharing button
जनतापाटीबाट थप
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो
सेयर बजारमा सुधार, बैंकिङबाहेक सबै समूह बढ्यो बिहीबार, पुस १७, २०२६
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ
सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ बिहीबार, पुस १७, २०२६
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक
आम्दानीको स्रोत बन्दै बाँकोको गुन्द्रुक बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
विद्यार्थीको क्षमता विकास गर्न भैरहवामा नाैलाे कार्यक्रम
विश्वमा त्रिविको स्तर घटेपछि त्रिविले सार्वजनिक गर्यो आफ्नो धारणा
सरुवापछि अलपत्र शिक्षक पासवानको न्यायका लागि तात्यो सामाजिक संजाल
भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
हिरासत कक्षमा पुस्तकालय स्थापना
पढ्नलाई उमेरले छेकेन
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.