मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • कहिले तयार हुन्छ नागढुंगा सुरुङमार्ग ?
कहिले तयार हुन्छ नागढुंगा सुरुङमार्ग ?
जनतापाटी
जनतापाटी शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित
viber sharing button
कहिले तयार हुन्छ नागढुंगा सुरुङमार्ग ?

काठमाडौँ । राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने सुरु नभएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ। 

नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन पाइएला र सुरुङमार्गको मजा लिन कहिले पाइएला भन्ने आमनागरिकको चाहना छ। 

बहुप्रतिक्षित उक्त सुरुङमार्गको दुई टनेलमध्ये मुख्य टनेल ६ सय मिटर सुरुङमार्गमा जोडिन बाँकी छ भने सहायक अर्थात् ‘रेस्क्यु’ (इभ्याकुएसन) टनेल दुई सय १० मिटर जोडिन बाँकी छ। पहिलो चरणमा दुई सय मिटर ‘ब्रेक थ्रु’ गर्ने र मुख्य टनेल दसैँ आसपासमा ‘ब्रेक थ्रु’ गर्नेगरी काम अगाडि बढाइएको नागढुङ्गा सुरुङमार्ग आयोजनाका कन्सल्ट्यान्टका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए। उनका अनुसार सिस्ने खोलाबाट सुरु भएको उक्त सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८० मिटर छ। 

‘सिस्ने खोलाको प्रवेश बिन्दुबाट ९१ मिटर माथि निस्किन्छ। टनेल सिधा नभएर थोरै कर्प (घुमाएर) बनाइएको छ। यहाँ दुईवटा टनेल निर्माण भइरहेका छन्। एउटा गाडी सञ्चालनका लागि बनाइएको हो’, इन्जिनियर कोइरालाले भने। उनका अनुसार टनेलभित्र कुनै घटना भयो भने रेस्क्यु गर्नका लागि ३० मिटरको दूरीमा रहने गरी साइडमा अर्को टनेल बनाइएको छ। ‘त्यो रेस्स्क्यु (इभ्याकुएसन) टनेल हो। हरेक तीन सय ७५ मिटरमा दुई टनेल जोडिन्छ। उक्त टनेल दुर्घटना वा अन्य आकस्मिक कामका लागि प्रयोग गरिन्छ’, उनले भने। 

सात ठाउँँमा दुई टनेलको जडान गरिने इन्जिनियर कोइरालाले जानकारी दिए। उनका अनुसार मुख्य टनेलको चौडाइ सामान्यतया साढे ९ मिटर र कुनैकुनै ठाउँमा १३ मिटरसम्मको हुन्छ। रेस्क्यु (इभयाकुएसन) टनेल साढे ४ मिटरको रहने उनको भनाइ थियो। 

इन्जिनियर कोइरालाले टनेलबाहेक यस ठाउँमा आउने रोड सर्भ स्टेसन (मुख्य तल्लो प्रवेश बिन्दु) मा चार लेनको सडक टनेलमा प्रवेश गर्ने बताए। सिस्ने खोलाबाट प्रवेश गरेका यातायातका साधन माथि निस्किएपछि बलम्बुस्थित मुख्य मार्गमा नै मिसिने गरी सडक निर्माण भइरहेको उनले जानकारी दिए। ‘त्यसलाई ‘एप्रोच रोड’ भनिन्छ। यसको लम्बाइ साढे २  किलोमिटरको हुन्छ’, इन्जिनियर कोइरालाले भने। टनेल निर्माणका क्रममा निस्किएका निर्माण सामग्री प्रयोग गरेर रोड बनाइरहेकाले टनेलसँगै रोडको काम पनि सँगै सम्पन्न हुने उनको भनाइ थियो।

‘एप्रोच रोड’ र टनेल निर्माणका क्रममा आउने मुख्य समस्या तल्लो प्रवेशबिन्दु नजिकको पहिरो भएको भन्दै इन्जिनियर कोइरालाले पहिरो नियन्त्रणका लागि काम भइरहेको उल्लेख गरे। उनले सावधानीपूर्वक समन्वयात्मक रुपमा समस्या समाधान गरी काम अघि बढाइएको बताए।

आजमात्रै यहाँका अनुगमन गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी एक वर्षभित्रमा गाडी गुड्नेगरी कामलाई तीव्रता दिन निर्देशन दिँदै निर्माणका क्रममा आउने सबै समस्या र अप्ठ्यारा समाधान गर्न सरकार तयार रहेकाले निर्माण कम्पनीले कुनै बहानामा काम रोक्न नपाउने बताए। उनले एक वर्षमा गाडी नै गुड्नेगरी निर्माण भइरहेको बताए पनि सुरुङमार्ग निर्माण सम्पन्न हुन अझै डेढदेखि २ वर्ष लाग्ने आयोजनाका अधिकारीहरुले बताएका छन्। 

यस्तो छ प्रगति 

निर्माण भइरहेका र निर्माण कम्पनीलाई भुक्तानी दिइएका कामको प्रगति हेर्दा हालसम्म करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ। मुख्य टनेल खन्ने काम धेरै गाह्रो भएकाले मुख्य टनेल खन्ने काम सकिएपछि धेरै काम सकिने बताइएको छ। टनेल खन्ने काम मात्रै चाहिँ ८३ प्रतिशत सकिएको नागढुङ्गा सडक आयोजनाले जनाएको छ। 

‘टनेल जोडिएपछि भने अन्य काम छिटो सकिन्छ। भित्र २४सै घण्टा लाइट र पावर चाहिन्छ। त्यसका लागि पनि काम गर्नुपर्छ। त्यसैले टनेल जोडिएपछि अन्य कामका लागि एक वर्षभन्दा बढी समय लाग्नेछ’, आयोजनाका कन्सल्ट्यान्ट इन्जिनियर रमेश कोइरालाले भने। कोरोनाका कारण एक वर्ष समय थप भई आगामी अप्रिल २६ सम्मका लागि समय निर्धारण गरिएको छ। 

कहिले सुरु भयो सुरुङमार्ग निर्माण?

नागढुङ्गा सुरुङमार्ग आयोजनाको अध्ययन सन् २०१४ मा सुरु भएको हो। ‘डिटेल’ डिजाइन सन् २०१७ र २०१८ मा सम्पन्न भएको थियो भने सन् २०१९ मा निर्माण सुरु गरिएको थियो। आयोजना निर्माणका लागि रु २२ अर्ब लाग्ने बताइएको छ। जम्मा खर्चमध्ये रु १६ अर्ब जापान सरकारको ऋण अनुदानबाट गरिने छ भने बाँकी नेपाल सरकारको लगानी रहनेछ।

सन् २०१९ मा निर्माण सुरु भई ४२ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो। कोरोनाका कारण एक वर्ष थप गरी सन् २०२४ अप्रिल २६ सम्म निर्माण सम्पन्न गर्ने गरी समय निर्धारण गरिएको आयोजनाले जनाएको छ।

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
लमजुङका १० वटा सडकलाई १० करोड ९२ लाख बजेट
शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचत - राष्ट्र बैंक
विगतको अनुदान बालुवामा पानीजस्तै भयो, यसपटक सिधै किसानको हातमा दिन्छौँ - प्रधानमन्त्री
महालक्ष्मी लाईफ इन्स्योरेन्सको पाँचौ वार्षिक साधारणसभा सम्पन्न 
गभर्नर अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता
राष्ट्र बैंकले भन्यो- चालु खाता ५४ अर्ब ६७ करोडले घाटामा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.