मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
कला - साहित्य
  • गृहपृष्ठ
  • पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा
पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा
जनतापाटी
जनतापाटी मंगलबार, वैशाख २६, २०८० मा प्रकाशित
viber sharing button
पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा

काठमाडौँ । पत्रकार, प्राध्यापक, मानवाधिकारवादी र राजनीतिक विश्लेषकको उपाधि पाएका पुरुषोत्तम दाहाल नेपाली प्राज्ञिक क्षेत्रमा चर्चामा रहने नाम हो । उनको अर्काे परिचय समाजसेवा पनि हो, जो महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पनि छन् । नेपाली साहित्यमा उनी कवि, निबन्धकार र उपन्यासकारका रूपमा पनि  चिनिन्छन् । एकै व्यक्तिले यतिका परिचय बोक्नु भनेको कम भारी होइन । जे होस्, देश र जनताका लागि आफ्नो रुचि र योग्यताले काम गर्दै जाँदा व्यक्तिका विभिन्न परिचय थपिँदै जान्छन्, जुन अस्वाभाविक होइन । 

पत्रकारिता र मानवाधिकार सम्बन्धमा क्रियाशील हुँदै गर्दा दाहालका दुई कृति (संयुक्त लेखनसमेत) प्रकाशन भएका छन् । साहित्यको कुरा गर्दा भने उनका यसअघि ‘केही कवि केही कविता (संयुक्त, २०४३), ‘साँध’ (२०५९) र ‘अन्धकारको यात्री (२०७३) कवितासङ्ग्रह, ‘प्रक्षेपण’ (२०६१) निबन्धसङ्ग्रह र ‘शान्ता’ (नेपाली–अङ्ग्रेजी, २०७०) उपन्यास प्रकाशन भएका छन् । वाक्पटुतामा पनि चर्चित लेखकको ‘शान्ता’ अङ्गदानसम्बन्धी चर्चित पुस्तक हो ।  

पत्रकार हुनाका नाताले लेखिरहने बानी परेका उनी पछिल्लो समय  चौथो कवितासङ्ग्रह लिएर आएका छन् –‘काला बादलमा उज्याला पाइला’ (शिखा बुक्स, २०७९) । गद्य र पद्य दुवै कविता रहेका सो सङ्ग्रहमा रहेका ४० कविताका विषयवस्तु विदेशभूमि, प्रकृति, कोरोना महामारी आदि छन् । छोराबुहारी भेट्न अमेरिका पुगिरहने उनका तीमध्ये २३ कविता त्यहाँ रहँदा र बाँकी कोरोना महामारीका बेला मुलुकमै बसेर लेखिएका हुन् । राजनीतिमा संलग्न उनका बढीजसो कविता भने सोही विषयमै रुमलिएको छ जुन स्वाभाविक पनि हो । 

‘ऊ मुस्कुराउँदा’ अमेरिकी भूमिमा हुर्किरहेको नातिलाई लिएर लेखिएको कविता हो जसमा  कवि सिङ्गै  ब्रह्माण्ड एवं भूगोल अटेको कल्पना गर्छन् र उसलाई सारा सौन्दर्यको प्रतिनिधिका रूपमा वर्णन गर्छन् । ‘समुद्रको किनारबाट’ कवितामा पनि उहाँ त्यसको सौन्दर्य र विशालपनको वर्णन गर्दै त्यसैमा हराउन चाहन्छन् । ‘जेम्स नदीको प्रश्न’ मा कवि भर्जिनियाको त्यस लामो नदी छेउमा बसेर त्यहाँ रहेको ‘स्वतन्त्रता’ नामक सालिकसँग संवाद गर्दै सुन्दर मुलुक नेपाल छाडेर स्वदेशवासी अरूका बँधुवा हुन जानुपरेकामा दुःख व्यक्त गर्छन् । त्यसैका पूरकका रूपमा कवि ‘किन फर्कने ?’ कवितामा  मुलुकको दुःख हेर्न तिनलाई फर्कनु नपर्ने जवाफ व्यङ्ग्यात्मक ढङ्गले दिन्छन् र राज्यलाई जनता बाहिर पठाउन पाए सङ्घर्ष–आन्दोलन थेग्नु नपर्ने र  शासन गर्न हाइसन्चो हुने झटारो हान्छन् । 

कवि कोरोना महामारीमा मुलुकले खप्नुपरेको पीडा र दुःखलाई नयाँ ढङ्गले कोर्छन्–‘मुर्दाहरू आफ्ना लाश आफैँ जलाऊ ।’ देशमा कोभिड–१९ को दर्दनाक अवस्थामा पनि सरकारले जनतासँग कर लिन गरेको बलजफ्तीको घटनाप्रति यसमा घोर व्यङ्ग्य गरिएको छ । महामारीग्रस्त हुँदा पनि उपचार खर्च आफैँले बेहोर्नुपरेको दैनिक काम गरी खानुपर्ने मानिसले खान नपाउने स्थिति रहेको तर आफू भने विलासितामा डुब्दै जनताप्रति विमुख  हुने गरेको तत्कालीन शासकको चरित्र यसमा राम्रोसँग पाइन्छ–

‘मुर्दाहरू !
आफ्ना लाश 
आफैँ बोक
र घाट जाऊ
मेरो सरकारको आदेश छ
आफैँ मुखाग्नि देऊ
र आफ्ना लाश
आफैँ जलाऊ
तर 
सरकारी कर तिर
तिरेनौ भने
जल्न पाउँदैनन् तिम्रा लाश !’

सोही परिस्थितिमा औषधि र उपकरण खरिद गर्दा भएको भ्रष्टाचारको खेललाई पनि उनले उदाङ्गो पारेका छन् । 

हाम्रो राजनीति र राजनीतिकर्मीलाई ‘बूढो गोरु’ र ‘खोरभित्रका बाँदरहरू’को संज्ञा दिँदै कवि तिनबाट पीडित नेपालीको विवशता पोख्छन् । यहाँ रहेका गद्य, पद्य दुवै कवितामा प्रायः देशको परिस्थितिप्रति निराशा नै व्यक्त गरिएको छ । यस्तो स्थितिमा उहाँ ‘एउटा रुद्र यहाँ आऊ’ भन्दै तारनहार बनिदिन इमान्दार राजनीतिकर्मी वा बुद्धिजीवीहरूलाई यसरी आह्वान गर्छन्–

‘नयाँ हुन् कि पुराना हुन् वयको अर्थ हुन्न क्यै
समान पापका कुण्ड निशुम्भ शुम्भ हुन् सबै ।
दक्ष यज्ञ गरी होम राग बुद्धि यी हुन् सबै
यौटा रुद्र यहाँ आऊ, खरानी पार यी सबै ।।’

समग्रमा कवि यी र यस्तै ‘काला बादल’ रूपी विकृति चिर्न त्यही विदेशी भूमिमा मुस्कुराएको बालकहरूले नै ‘उज्याला पाइला’ ल्याउने विश्वास व्यक्त गर्छन्। सङ्ग्रहमा सापेक्षिक रूपमा धेरै कविता लामा र केही मात्र छोटा छन् । कृतिका वर्णविन्यासमा यति धेरै त्रुटि हुनु जाती हुन्न । कविले गद्य र पद्यलाई एकै ठाउँमा नमिसाएको भए हुन्थ्यो । कविताले ल्याएको  भाव र व्यक्त गर्ने शैली भने मिठासपूर्ण नै मान्नुपर्छ । 

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
मधेशका महिला कथाकारका लागि 'टेल योर स्टोरी'
डा. रमेश बलायरको ‘मनको बिम्बबाट’ कविता संग्रह सार्वजनिक
६ सय कलाकारका ७ सय कलाकौशल प्रदर्शनीमा
‘चरीमाई’ उपन्यास सार्वजनिक
श्रीमद्भागवत महापुराणको नेपाली अनुवाद विमोचन
पुस्तक समीक्षाः ‘काला बादल उज्याला पाइला’ भरोसा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.