मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, June 10, 2023 |शनिबार, जेठ २७, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउन होडबाजी
अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउन होडबाजी
जनतापाटी
जनतापाटी शुक्रबार, चैत १०, २०७९ मा प्रकाशित
viber sharing button
अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउन होडबाजी

सिरहा। सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको विवादमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरी गराउन तानातान गरिरहेका छन् । गाउँपालिका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममताकुमारी यादवको व्यक्तिगत विवादका कारण दुवैले आ–आफनो पक्षको प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन तानातान गरिरहेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत हाजिर भए पनि पालिकाभित्रको अन्तरविवादका कारण विकास निर्माणलगायतका कामकाज पूर्णरुपमा ठप्प हुँदा सेवाग्राही मार्कामा परेका छन्। समान्य प्रशासन मन्त्रालयले २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकीय अधिकृत अशोककुमार सिंहले बरियारपट्टी गाउँपालिकामा हाजिर गरेका थिए ।

तर, सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिन अर्का अधिकृत सुजितकुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत तोकेर पठाइयो । मन्त्रालयले पठाएका यादव गाउँपालिकामा हाजिर भए पनि उपाध्यक्षले कामकाज गर्न अवरोध गरिरहेको कर्मचारीहरु बताउँछन् । 

प्रमुख प्रशासकीय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा सुजित यादवलाई पठाएर मन्त्रालयले गल्ती गरेको बरियारपट्टी गाँउपालिकाका उपाध्यक्ष ममता कुमारी यादवको आरोप छ  । 

‘आफूहरुले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ल्याएको सिंह नै यहाँ हाकिम भएर बस्नुपर्छ. । हामीले मगाएका अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैनौँ,’ उनले भनिन्, ‘पालिका चलाउनसक्षम व्यक्ति चाहिन्छ, जुन उहाँमा छ ।’

अशोककुमार सिंह २०७५ देखि २०७७ सालसम्म बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे ।   उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालीन समयमा अशोक कुमार सिंह र अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हालाहालसम्म हुन पुगेको थियो ।

‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहलाई सम्झाइबुझाइ गरेको कुरालाई व्यक्तिगत रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,’ अध्यक्ष सन्तोष कुमार महतोले भने, ‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाइ गर्न खोज्दा विवाद भएको थियो ।’

तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहको रबैया ठिक नभएको ठम्याईका साथ कार्यपालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरेको अध्यक्ष महतोको भनाइ छ । 

पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झेको विवादमा मलजल गरेर चर्काएका अध्यक्ष  महतोको आरोप छ । 

प्रमुख प्रशासकीय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका–३  का वडाध्यक्ष विनोदकुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर हुन्थ्यो, ‘वडाध्यक्ष यादवले भने, ‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जे पनि गर्न मिल्दैन । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि चुनिएको हो । पुराना विवादलाई बल्झाएर पालिकाको काम कारबाहीमा अवरोध सृजना गर्न हुँदैन ।’ 

viber sharing button
जनतापाटीबाट थप
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ बिहीबार, पुस १७, २०२६
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे
‘ए’ डिभिजन लिग : आर्मीले जित्याे बिहीबार, पुस १७, २०२६
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु
सुदूरपश्चिम प्रदेशसभा : नीति तथा कार्यक्रममाथि छलफल सुरु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
अझै केही दिन देशभर तापक्रम बढ्ने महाशाखाको भनाइ
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान
गर्मी बढेपछि वीरेन्द्रनगरका सामुदायिक विद्यालय बन्द हुने
गोरखाको रानीपोखरीमा डुबेर एक बालकको मृत्यु
कञ्चनपुरमा चोरी मुद्घाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
सुदूरपश्चिममा आइतबार आमहड्तालको घोषणा
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.