महोत्तरी । बर्दिवास मेडिकल कलेजको बिषयमा सर्वोच्च अदालतको अन्तिम सुनुवाइ नजिकिदै गर्दै गृह ठाउँ महोत्तरीमा भने अनेक टिक्काटिपन्नी सुरु भएका छन ।
मधेश प्रदेशको मध्यविन्दु वन्नेगरी बर्दिबास नगरपालिकामा प्रस्ताव गरिएको मेडिकल कलेजलाई लिएर स्थानिय स्तरमा नै आरोप -प्रत्यारोप बढेका हुन् ।
बर्दिबास नगरपालिकाका नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले मेडिकल कलेजका नाममा गलत अफवाह फैलाइएको वताएका छन् ।
सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई प्रभावित वनाउने गरि नगरप्रमुख नै लागीपरेको भन्ने आरोपको प्रमुख क्षेत्रीले खण्डन गरेका हुन् ।
पर्यावरण अभियन्ता देवनारायण महतोले रुखहरु काटिने कारण देखाउदै हालेको रिटमाथी सर्वोच्च अदालतले ११ फाल्गुन, २०७८ मा अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसपछी १५ औ पटकसम्म चलेको पेशी तारेक सकिएसगैँ अदालतले २७ चैत्रमा फैसला सुनाउदै छ । यही विचमा प्रस्तावित ठाउँमा मेडिकल कलेज वनाउन नगरप्रमुख क्षेत्रीले नै चलखेल गरिरहेको आरोप लागीरहेको वेला उन्ले यस्तो प्रष्टिकरण दिएका हुन् ।
`प्रस्तावित ठाउँमा नै मेडिकल कलेज वनाउन हामीले कार्यापालिकावाट निर्णय गरिसकेका छौ ।` उन्ले भने । ` सोही निर्णयलाइ हामीले मेडिकल कलेज पुर्वाधार निर्माण आयोजनालाइ पठाइसकेका छौ ।´
पत्रकारहरुसगँको भेटमा नगरप्रमुख क्षेत्रीले प्रस्तावित जग्गाको वरपर जग्गा किनेर बसेका भुमाफियाहरुले उक्त अफवाह फैलाएको भन्दै आक्रोश ब्यक्त गरे ।
मधेश प्रदेश कै गौरव वोकेको मेडिकल कलेजलाइ प्रस्तावित ठाउँमा वनाउन नदिन केही तत्वहरु लागीपरेको वताउदै नगरप्रमुख क्षेत्रीले हैसियत मासिएको वन क्षेत्रमा नै मेडिकल कलेज वन्नुपर्ने अडान लिएका छन ।
अनुमानित ३० अर्व बजेट लाग्ने अनुमान गरिएको मेडिकल कलेज निर्माणको पारम्भिक चरणमा नै यसअघि डिपिआर देखि कार्यालय खर्चसम्म आइपुग्दा ६ करोड भन्दा बढी खर्च भैइसकेको छ ।
`मेडिकल कलेज वनाउदा पनि हामील हरित मेडिकल वनाउनुपर्छ भनेका छौ ।´ नगरप्रमुख क्षेत्रीले भने ।
रुखहरुको बदलामा नगर क्षेत्रमा १ लाख ५० हजार बिरुवा रोप्ने पनि आफुहरुले प्रतिबद्धता जनाइसकेको नगरप्रमुख क्षेत्रीको दावी छ ।
बर्दिबास नगरपालिका वडा न.४ स्थित माइस्थान सामुदायिक वनभित्र करिव ४९ हेक्टर क्षेत्रमा निर्माण प्रक्रियाको लागी डिपिआर समेत तयार भएको थियो ।
वातावरणिय प्रभाव मुल्यांकन सकिसकेको उक्त क्षेत्रमा १ हजार ९ सय ६७ रुख काटिने उल्लेख भएतापनी डिपिआर निर्मणको लागी परामर्श सेवा प्रदायक संस्था जेभिले भने निर्माणस्थलमा २ सय पनि रुख नकाटिने उल्लेख गरेको छ ।
स्वतन्त्रवाट निर्वाचित भएकै कारण आफू राजनिती दलहरुको घेरावन्दिमा परेको नगरप्रमुख क्षेत्रीको आरोप छ । उन्ले बर्दिबासको विकासमा आफू जुनसुकै दलसगँ सहकार्य गर्ने तयार रहेको पनि वताए ।
तर विकास निर्माणका कामहरुलाइ अवरोध पुग्नेगरी कोहीपनी लाग्न नहुने र नलाग्न नगरप्रमुख क्षेत्रीले आग्रह गरेका छन ।
![](https://fileswarehouse.com/newskarkhana/news-photos/FB_IMG_1679192929837.jpg.jpg?X-Amz-Content-Sha256=UNSIGNED-PAYLOAD&X-Amz-Algorithm=AWS4-HMAC-SHA256&X-Amz-Credential=UK1831257KPP38AKWJ01%2F20230321%2Fus-west-1%2Fs3%2Faws4_request&X-Amz-Date=20230321T093747Z&X-Amz-SignedHeaders=host&X-Amz-Expires=549433&X-Amz-Signature=2168605efe2833d7929f85fc6881cc7030e97fa0224edb705666bfd23a417e49)