मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
समाज
  • गृहपृष्ठ
  • विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु
विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु
जनतापाटी
जनतापाटी शनिबार, चैत ४, २०७९ मा प्रकाशित
viber sharing button
विराटनगरमा विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु

विराटनगर। विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजना अघि सारेको छ । उत्तरी क्षेत्रभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो । केही हप्ताअघि वडा नं १४ स्थित रानीपोखरीमा रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण हुने ग्रिनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा अवस्थित मन्ठापोखरीको सौन्दर्यकरणको काम सुरु गरेको छ । 

मन्ठापोखरी परिसरमा निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । रछ करोडभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले शिलान्यास गरेका हुन् ।

चुनावताका जनताको बीचमा गरेको प्रतिबद्धताअनुसार तीन योजना सुरु भइसकेको प्रमुख कोइरालाको भनाइ थियो । ‘मैले चुनावताका गरेका वाचा क्रमशः पूरा गर्दैछु’, प्रमुख कोइरालाले भने, ‘प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ भने मन्ठापोखरीको पनि काम सुरु भएको छ ।’

महानगरले चालु आवका लागि विराटराजा, रानीपोखरी र मन्ठापोखरीका लागि रु तीन करोड विनियोजन गरेको थियो । प्रमुख कोइरालाले विकासका ठूला योजनामार्फत दक्षिणी क्षेत्रको विकासलाई गति दिएको जनाइएको छ । वडा नं १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताए। उनीहरूले सञ्चालनमा रहेका योजना छिटो सम्पन्न गर्न सहजीकरण गर्नेसमेत प्रतिबद्धता जनाएका छन् । 

आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक सञ्जयकुमार यादवको भनाइ छ । “मलाई लाग्छ एक वर्षभित्रै हामी काम सकेर महानगरलाई हस्तान्तरण गर्नेछौँ”, यादवले बताए । 

कला विल्डर्सले छ करोड १९ लाख ८६ हजार ठेक्का सम्झौता गरेको छ । मन्ठापोखरीको सौन्दर्यकरणसँगै पार्कसमेत निर्माण हुनेछ । पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ ।

पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । रु पाँच करोड १७ लाख ६४ हजार मा ठेक्का लागेको रानीपोखरी ग्रिनपार्कको निर्माण धमाधम भइरहेको छ । 

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
गोठमा आगलागी हुँदा २० बाख्रा जले
अध्यक्ष र उपाध्यक्षबीच आफू अनुकुल प्रमुख प्रशासकीय अधिकृत ल्याउन होडबाजी
बायोग्राफी लेख्दै महावीर पुन
बर्दिबासका नगरप्रमुखलाई एउटै निर्णय कार्यान्वयन गर्न ९ महिना लाग्यो
भक्तपुरको ताथलीमा आगलागी
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.