मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रीपरिषद् गठन, पहाडिया समुदाय र दलितबाट शून्य
मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रीपरिषद् गठन, पहाडिया समुदाय र दलितबाट शून्य
जनतापाटी
जनतापाटी मंगलबार, माघ २४, २०७९ मा प्रकाशित
viber sharing button
मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रीपरिषद् गठन, पहाडिया समुदाय र दलितबाट शून्य

जनकपुर । मुलुकका ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी मन्त्रालय भएको प्रदेशको रुपमा मधेस प्रदेशले आफुलाई चिनाउने भएको छ ।

माओवादीवाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारीले सपथ लिएसँगै मधेस सरकारको मन्त्रिमण्डल १५ सदस्सीय पुग्ने भएको हो । 

यसअघि भागबन्डामा कुरा नमिले पछि सरकारमा सहभागी नभएको माओवादी केन्द्रवाट २ जना सहभागी हुने सहमति भएको छ । सहमति भएसँगै आजै नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण १ बजे राखिएको माओवादी संसदीय दलका नेता भरतकुमार साहले जानकारी दिए । 

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)का सरोजकुमार यादवले नेतृत्व गरेको मन्त्रीमण्डल यसअघि २० माघमा विस्तार हुदाँ १३ सदस्य मन्त्रिमण्डल थियो । माओवादी मन्त्रीसमेत जसपा सरकारमा सहभागी हुने भएपछि मधेस प्रदेशमा ११ जना मन्त्री र ४ जना राज्य मन्त्री रहने छन् । जुन संघीय सरकारका पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार भन्दा ४ जना कमी मात्रै हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारवाट बाहिरिए पछि प्रचण्ड सरकारमा हाल १९ जनाको मन्त्रीमण्डल रहेको छ ।

सरोजकुमार यादव नेतृत्वको सरकारमा भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी रामसरोज यादवलाई दिईएको छ । मधेस प्रदेश कार्यालयका अनुसार सञ्जयकुमार यादव अर्थ मन्त्रालयमा, बसन्तकुमार कुशवाहा भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा, महेशप्रसाद यादव शिक्षा बिज्ञान, प्रबिद्यि तथा बाणिज्य मन्त्रालयमा, सुरिताकुमार शाह सामाजिक विकास मन्त्रालयमा, शत्रुघनप्रसाद सिंह गृह तथा सञ्चार मन्त्रालयमा, सिंगासन सा कलबार खानेपानी तथा उर्जा मन्त्रालयमा, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयको जिम्मेवारीमा छन भने मोहम्मद जयद आलम महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा छन् । 

यसगरी, बनको राज्य मन्त्रीमा अन्सारी थपिएसँग मधेस सरकारमा राज्यमन्त्रि मात्रै ४ जना पुगेका छन । जसअनुसार शेख अबुल कलाम आजाद सामाजिक विकास मन्त्रालयमा केशव राय गृहमा, सञ्जयकुमार यादव भुमी ब्यवस्थामा, कृषि तथा सहकारी मन्त्रालयमा छन् ।

पहाडिया समुदाय र दलितको नेतृत्व शुन्य

पहिचान र जनसंख्याको आधारमा शक्ति बाँडफाँड गर्नुपर्ने भन्दै झन्डै दुई दशक भन्दा बढी आन्दोलन गरिरहेका मधेस केन्द्रित दलले आफनो सरकार हुदाँ झन्डै ३० प्रतिशत भन्दा बढी जनसंख्या ओगेटेको गैर मधेसी (पहडिया) र दलित समुदायवाट एकजना पनि जम्बो मन्त्रिमण्डलमा समावेश गरिएको छैन् । 

‘जसले काठमाडौंले एकल जातीय सरकार बनायो भनेर मधेस आन्दोलन देखी अन्य धेरै ठाउँमा बोल्यो, उसैले अहिले एकल जातीय सरकार बनाउनु हाँस्यास्पद छ, यो सरकारमा गए पछि उल्टो काम भएको छ,’ मधेस सरकार पुर्व प्रमुख तथा मधेस जानकार राजेश अहिराजले भने, ‘अरुले गरेन भनेर आन्दोलन गर्नेले आफुले अधिकार पाएको बेला गर्नु पर्दथ्यो, त्यसमा मधेस सरकार चुक्न पुगेको छ ।’

उनका अनुसार उनी प्रदेश प्रमुख हुदाँ संविधान अनुसार गैर मधेसी (पहाडिया समुदाय)लाई पनि सरकार र मधेस सरकारका निकायमा समावेशी र समानुपातिकको आधारमा पनि समावेश गराउन स्मरण पत्र पठाएको थियो । लालबाबु मोहम्मद नेतृत्वको अघिल्लो सरकारले कार्यान्वयन नगरेको गैर मधेसीको प्रतिनिधित्वलाई नयाँ सरकारले पनि स्विकार नगरेर संविधान बिरोध कार्य गरेको अहिराजको भनाई छ । 

मधेस आन्दोलन पछि क्रमश: गैर मधेसीहरुलाईअर्थात बिरगञ्जको मेयरमा राजेशमान मल्ल, सप्तरीवाट गोबिन्द न्यौपाने, रौतहटवाट युवराज भट्टराई, धनुषावाट प्रकाश अधिकारीलगायतलाई मधेसका जनताले निर्वाचित बिजयी गराईसकेको तर मधेस सरकारले भने गैर मधेसी समुदायलाई लाई राज्यको तहमा बिभेद गरेको अहिराजको भनाई छ । उनका अनुसार मधेस सरकार संविधानको भावना बिपरित चलेको छ ।

viber sharing button
जनतापाटीबाट थप
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत
क्यान अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
हाङजाओ पुगे प्रधानमन्त्री दाहाल, आजै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने
नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध
ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन
आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.