मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च
बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च
जनतापाटी
जनतापाटी शनिबार, माघ २१, २०७९ मा प्रकाशित
viber sharing button
बागमती प्रदेश : छ महिनामा ११ अर्ब १९ करोड खर्च

काठमाडौँ । बागमती प्रदेश सरकारको कूल बजेटमध्ये चालु आर्थिक वर्षको छ महिनामा रु ११ अर्ब १९ करोड  ६७ लाख ८० हजार खर्च भएको छ ।

बागमती प्रदेश सरकार प्रदेश लेखा नियन्त्रकको कार्यालय  हेटौँडाका अनुसार चालु आवमा रु ७० अर्ब ९३ करोड ९२ लाख ९१ हजार बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आवको छ महिनामा रु ११ अर्ब १९ करोड ६७ लाख ८० हजार खर्च गरेको छ ।  चालु आव २०७९/८० को साउनदेखि पुस मसान्तसम्ममा १५ दशमलव ७८ प्रतिशत कूल खर्च भएको बताइएको छ ।

सो अवधिमा सरकारले रु १६ अर्ब १५ करोड विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको प्राप्त तथ्याङ्कले जनाएको छ । चालु आवको छ महिनामा उक्त राजस्व सङ्कलन सरकारको खर्चभन्दा बढी देखिएपनि गत आवको तुलनामा कम रहेको छ । गत आवको छ महिनामा सरकारले रु आठ अर्ब खर्च गरेको थियो भने सो अवधिमा सरकरले रु २३ अर्ब राजस्व सङ्कलन गरेको थियो ।

गत आवको सोही अवधिको तुलनामा प्रदेश सरकारको खर्च बढेको छ भने राजस्व सङ्कलनमा २९ प्रतिशतले कम भएको सो कार्यालयले जनाएको छ । सो कार्यालयका प्रमुख लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायका अनुसार प्रदेश सरकारको मुख्य आयस्रोत घरजग्गा रजिष्टे«शन, सवारी साधन, मूल्य अधिवृद्धि कर, लोकसेवाको परीक्षा शुल्क, कृषि फार्मको उत्पादन, प्रशासनिक दण्ड जरिवाना, बेरुजु असुललगायत छन् । साथै सङ्घीय सरकारबाट प्राप्त हुने मूल्य अभिवृद्धिकर घट्दा प्रदेश सरकारको आम्दानीसमेत कम भएको  तथा घरजग्गाको रजिष्ट्रेशन शुल्क रु सात अर्ब अनुमानित रहेकोमा सो शुल्क कम भएकाले पनि आम्दानी कम भएको बताइएको छ । 

सरकारको आम्दानी कम भइरहको र खर्च बढी भइरहको विषयमा अध्ययन भइरहेको उहाँको भनाइ रहेको छ । छ महिनामा खर्च भएकोमध्ये रु छ अर्ब २१ करोड ८६ लाख १८ हजार पाँच सय ६३  चालु र रु चार अर्ब ३७ करोड ८१ लाख ६१ हजार आठ सय ५९ पुँजीगत खर्च हो । 

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
व्यवसायीले गरे गोदावरी नगरपालिका घेराउ
मस्र्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौं : मुख्यमन्त्री कार्की
एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द
हेटौँडा सिमेन्टको उत्पादन बन्द
मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.