मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग
गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग
जनतापाटी
जनतापाटी सोमबार, माघ १६, २०७९ मा प्रकाशित
viber sharing button
गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो । 

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात खुलाउनुपर्ने र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि सरकार पहल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘इन्धनको मूल्य समायोजन हुन नसक्दा वस्तुको उत्पादन लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरूमा अघोषित विद्युत्भार कटौतीका कारण उत्पादन प्रभावित बनेको र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुपर्ने माग महासङघले राखेको छ ।’

राष्ट्रिय आर्थिक रूपान्तरण नेट-२०३० कार्यान्वयनका लागि गत साउनमा महासङ्घ र सरकारबीच समझदारी भएकाले यसको प्रभावकारिताबारे पनि महासङ्घले चासो राखेको छ । त्यस्तै, महासङ्घको पहलमा सरकारले तयार भएको स्टार्टअप कार्यविधिमाथि अन्तिम छलफल गरी पारित गर्नसमेत उद्योगमन्त्रीसमक्ष महासङ्घले आग्रह गरेको छ ।

महासङ्घले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल-भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासङ्घको साझेदार संस्था सिआइआई सहआयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेको छ । उद्योगमन्त्री भण्डारीले स्टार्टअप कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै, भारतले अहिले गहुँ आयात रोक्दा उत्पन्न समस्याबारे भारतसँग छलफल भइसकेकाले तत्काल आयात खुल्ने जानकारी उद्योगमन्त्री भण्डारीले दिएको पनि महासङ्घले जनाएको छ ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
व्यवसायीले गरे गोदावरी नगरपालिका घेराउ
मस्र्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौं : मुख्यमन्त्री कार्की
एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द
हेटौँडा सिमेन्टको उत्पादन बन्द
मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.