मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, March 25, 2023 |शनिबार, चैत ११, २०७९
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • स्प्राइटको नयाँँ क्याम्पेन “पिरोको झट्का स्प्राइटले मेटा”
स्प्राइटको नयाँँ क्याम्पेन “पिरोको झट्का स्प्राइटले मेटा”
जनतापाटी
जनतापाटी सोमबार, माघ १६, २०७९ मा प्रकाशित
viber sharing button
स्प्राइटको नयाँँ क्याम्पेन “पिरोको झट्का स्प्राइटले मेटा”

काठमाडौँ । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले पिरोको झट्का स्प्राइटले मेटा नामक नयाँँ क्याम्पेन शुरुवात गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनको लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनको लागि यो नयाँँ क्याम्पेन शुरुवात गरिएको कम्पनीले जनाएको छ । 

यो क्याम्पेनको एउटा भागको रुपमा नयाँँ टेलिभिजन कमर्सियल पनि बनाइएको छ जसमा जसिता गुरुङ, नाजिर हुसेन र कबिता नेपालीले अभिनय गरेका छन । जनकपुरमा छायांकन गरिएको यो टिभिसिमा त्यहाँको स्थानीय संस्कृति र खानेकुराहरुलाई देखाइएको छ । यस टिभिसिमा जसिताले भर्खरै अमेरिकाबाट फर्किएकी युवतीको भूमिकाको निर्वाह गरेकी छिन् जो जनकपुरको हावापानी, रहन–सहनले अत्यन्तै प्रभावित हुन्छिन् र त्यहाँ धेरै खाइने पिरो खानेकुरामा अझै पिरो थपेर खान खोज्छिन् । उनलाई लाग्छ कि उनी धेरै पिरो खान सक्छिन् तर जब उनले मगाएको खानेकुराको पहिलो गाँस लिन्छिन् उनलाई तुरुन्तै पिरोको झट्का लाग्छ र उनी रातो–पिरो हुन्छिन् । त्यही बेलामा नाजिरले उनलाई चिसो स्प्राइट दिन्छन् र स्प्राइट पिउने बित्तिकै उनलाई पिरो निकै कम हुन्छ, त्यसैले उनी फेरी अझै अर्को पिरो खानेकुरा र एउटा स्प्राइट पनि मगाउँछिन् ।  

यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ । यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा  युवाहरुलाई रिफ्रेश्ड बनाउने पेय पदार्थको रुपमा आफुलाई प्रस्तुत गर्ने गथ्र्याे ।

यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ । यो क्याम्पेनलाई लिएर हामी धेरै उत्साहित छौँ र हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले पनि आफ्नो मन पर्ने पिरो खानेकुरासँग स्प्राइटको भरपुर मजा लिनुहुनेछ ।” 

गत वर्ष स्प्राइटले अझ रिफ्रेशिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो जुन उपभोक्ताहरुको रोजाइ अनुसारको परिमाणमा उपलब्ध छ । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजिबि बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५०मिलि, ५०० मिलि, १ लिटर र १.५ लिटर २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध छ ।

viber sharing button
जनतापाटीबाट थप
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु 
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० जना बन्दुकधारीको मृत्यु  बिहीबार, पुस १७, २०२६
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर
ठडिएको केही दिनमै ढल्यो डिकुवा–चिपटार पुलको टावर बिहीबार, पुस १७, २०२६
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता
प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
व्यवसायीले गरे गोदावरी नगरपालिका घेराउ
मस्र्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा
विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्छौं : मुख्यमन्त्री कार्की
एनआईसी एसिया बैंकको कार्डसम्बन्धी सेवा दुईदिन बन्द
हेटौँडा सिमेन्टको उत्पादन बन्द
मिटरब्याजी पीडितको समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
kumari bank kumari bank
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.