मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Thursday, November 30, 2023 |बिहीबार, मंसिर १४, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
इकोनोमिक
  • गृहपृष्ठ
  • हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा
जनतापाटी
जनतापाटी शुक्रबार, पुस २९, २०७९ मा प्रकाशित
viber sharing button
हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तकला क्षेत्र नेपालको मौलिक क्षेत्र भएकाले यसलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । ‘हस्तकला क्षेत्र नेपालका लागि अर्गानिक क्षेत्र छ । यो असीमित सम्भावना भएको क्षेत्र हो,’ प्रधानमन्त्रीले भने, ‘यो क्षेत्रलाई राम्रोसँग विकास गर्न सकियो भने एकातिर व्यापार घाटा कम गर्न सकिन्छ । अर्कोतिर नेपाली मौलिकतालाई विश्वभरि प्रचार र बिस्तार गर्न सकिन्छ । यसैले सरकार हस्तकला उद्योगलाई सातवटै प्रदेशमा बिस्तार गर्न प्रतिवद्ध छ ।’

प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँगको साझेदारीमा हस्तकला उद्योग प्रवर्द्धन गर्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई विश्वासमा नलिइकन, निजी क्षेत्रसँगको साझेदारीबिना समृद्धिको लक्ष्यमा अपेक्षित सफलता हासिल गर्न सकिँदैन। मैले क्याबिनेटको पहिलो बैठकबाट नै आर्थिक विकास र समृद्धिका लागि केही कदम चालेको छु। सरकारका सचिवहरूलाई दिएको निर्देशन र संसदको सम्वोधनमा पनि त्यो कुरा प्रष्ट राखेको छु,’ उनले भने, ‘यसपटक कुनै पनि नराम्रो काम नगर्ने र अरूलाई पनि गर्न नदिनेमा छु। यसपटक जति काम गर्छु, राम्रो मात्र गर्छु । म तेस्रोपटक प्रधानमन्त्री भएको छु। यो मेरा लागि परीक्षा पनि हो। म परीक्षामा उत्तीर्ण हुन्छु, हुनैपर्छ।’

हस्तकला व्यवसाय प्रवर्द्धनका निम्ति पाठ्यक्रममा नै केही विषय राख्नु राम्रो हुने प्रधानमन्त्रीले बताए। ‘हस्तकला उद्योगमा पुस्तान्तरणको समस्या छ भन्ने मलाई थाहा छ। यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने पहल हामीले लिनुपर्छ। यसकारण पाठ्यक्रममा नै हस्तकला उद्योगको कुरा राख्ने माग सकारात्मक छ, म पहल गर्छु,’ उनले भने ।

साधारण सभामा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाको क्षेत्रलाई प्रवर्द्धन गर्न सक्दा नेपाली मौलिकताका वस्तुहरू निर्यात गर्न सकिनेमा जोड दिँदै हस्तकलाको क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।

viber sharing button
जनतापाटीबाट थप
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए
ललितपुर र पोखरा गोलरहित बराबरीमा रोकिए बिहीबार, पुस १७, २०२६
डा. स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा मनोनीत
डा. स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा मनोनीत बिहीबार, पुस १७, २०२६
गाजामा भोकमरीको संकट उच्च छ : राष्ट्रसंघ
गाजामा भोकमरीको संकट उच्च छ : राष्ट्रसंघ बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
नेप्से १७.९३ अकंले घट्यो
शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी
एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा
टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन
एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान 
सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
Global Ime Global Ime
salico salico
City Express City Express
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.