मुख्य मेनु
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
Saturday, September 23, 2023 |शनिबार, असोज ६, २०८०
  • युनिकोड
जनतापाटी
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • विविध
    • सुरक्षा
    • फोटो फिचर
    • समाज
    • कला - साहित्य
    • स्वास्थ्य-जीवनशैली
    • राजनीति
    • अपराध
    • रोजगार/ अवसर
    • शिक्षा
    • पत्रपत्रिका
    • व्यक्ति विशेष
    • स्थानीय तह
    • अन्य
  • विशेष - रिपोर्ट
  • अन्तर्वार्ता
  • इकोनोमिक
  • मनोरञ्जन
  • खेलकुद
  • विश्व
खोज्नुहोस्
राजनीति
  • गृहपृष्ठ
  • गण्डकीमा पनि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ ?
गण्डकीमा पनि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ ?
जनतापाटी
जनतापाटी बिहीबार, पुस २८, २०७९ मा प्रकाशित
viber sharing button
गण्डकीमा पनि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छ ?

पोखरा । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिए । अप्रत्यासित रुपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत उनको पक्षमा मतदान गर्‍यो । ८९ मध्ये ८६ सांसदले विश्वासको मत दिए । ३ सांसद संसदमै उपस्थित भएका थिएनन् । निर्वाचनको बेला कांग्रेससँगको गठबन्धन भएपनि सरकार बन्दा कांग्रेसको गठबन्धन तोडेर एमालेसँग गठबन्धन भयो । 

माओवादीले साथ छोडेका कारण केन्द्रदेखि सातवटै प्रदेशबाट कांग्रेस सत्ताबाट बाहिर परेको छ । तैपनि कांग्रेसले केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुमा राजनीतिक लाभ हुन सक्ने आँकलन गरिएको छ । केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रदेशमा के हुने भन्ने चर्चा सुरु भएको छ । 

यहाँ मुख्यमन्त्री खगराज अधिकारीले २९ गते विश्वासको मत लिने तयारी गरेका छन् । कांग्रेस बाहेक ३३ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले विश्वासको मत लिन लागेका हुन् । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । 

मुख्यमन्त्री अधिकारीले कांग्रेससँग समेत विश्वासको मत माग्ने बताएका छन् । ‘प्रदेशमा सहमतिको सरकार बनाउन प्रयास गर्छु । कांग्रेससँग पनि आग्रह गर्छु,’ उनले भने, ‘सबै मिलेर मात्रै प्रदेशको विकास हुन सक्छ ।’ कांग्रेसले भने शुक्रबार नै विश्वासको मत दिने वा नदिने निर्णय गर्ने छ । संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले विहान बैठक बसेर निर्णयमा पुग्ने बताए । 

‘त्यसै दिन विहान ९ बजे दलको बैठक छ । बैठकमा साथीहरुको समेत राय लिएर मत दिने वा नदिने निर्णयमा पुग्छौं,’ उनले भने, ‘यो व्यक्तिको भन्दा पनि पोलिटिकल इस्यू हो । दलले गर्ने निर्णय हो ।’ कांग्रेसका केही सांसदहरुले भने कुनै हालतमा विश्वासको मत दिन नहुने तर्क गरेका छन् ।

viber sharing button
जनतापाटीबाट थप
असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन
असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन बिहीबार, पुस १७, २०२६
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा बिहीबार, पुस १७, २०२६
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु
मथुरामा दर्शन गर्न पुगेका दुई भक्तकाे मृत्यु बिहीबार, पुस १७, २०२६
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खबर
कांग्रेस निकट मुस्लिम संघको महाधिवेसनको तयारी पुरा
हाङजाओ पुगे प्रधानमन्त्री दाहाल, आजै चिनियाँ राष्ट्रपति सीसँग भेट्ने
नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध
ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन
आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट
worldlink worldlink
Salt Trading Salt Trading
अध्यक्ष लक्ष्मी बिष्ट सम्पादक सन्तोष बिष्ट प्रबन्ध सम्पादक कृष्ण बिष्ट सूचना विभाग दर्ता नं. १८०९/०७६-७७ प्रेस काउन्सिल सूचीकरण नं. ६३३/०७४ हाम्रो टीम
ठेगाना बानेश्वोर , काठमाडौँ
समाचारका लागि 01-5245149 [email protected]
विज्ञापनका लागि 01-5244763 [email protected]
सोसल मिडिया
  • Facebook
  • Twitter
  • YouTube
© 2023 Janatapati: Quick & Reliable Online News Portal in Nepal All rights reserved.