काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान भएको छ।
प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिए ।