हेटौंडा । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।
दलकाे नेता चुन्न भएकाे निर्वाचनमा लामाले २१ मत प्राप्त गरेका छन् भने बानियाँले १६ मत प्राप्त गरे । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।